Logo

आफ्नै श्रीमतीको खुकुरी प्रहार गरेर हत्या


१३ चैत ०७७, सुनसरी । आफ्नै श्रीमती ३१ वर्षीया कमला माझीलाई धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा धरान उपमहानगरपालिका ८ दुर्गा बस्ने ३७ वर्षीय तिल बहादुर माझीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
माझीले आफ्नै श्रीमतीलाई खुकुरी प्रहार गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी चौकी बरगाछिबाट खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । गम्भीर घाइते कमलाको घोपा अस्पताल धरानमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्