Logo

जोशीको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखिने


१४ चैत्र ०७७, ललितपुर । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय सानेपामा राखिने भएको छ ।
शनिबार दिउँसो १२ बजेदेखि २ बजेसम्म जोशीको पार्थिव शरीर पार्टी कार्यालयमा राखिने कांग्रेसले जनाएको छ ।
त्यसअघि कांग्रेस केन्द्रीय समितिको आकस्मिक बैठक पनि बस्दैछ । बैठकले जोशीको निधनप्रति शोक प्रस्ताव पारित गर्दै शोकका कार्यक्रम तय गर्ने कांग्रेसले जनाएको छ ।

 

नेता जोशीको काठमाडौँको नर्भिक अस्पतालमा शुक्रबार राति ८ बजेर २४ मिनेट जाँदा उपचारका क्रममा निधन भएको हो । फागुन १४ गते मस्तिष्कघात भएपछि जोशीलाई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्