Logo

शनिबार घट्यो कोरोना संक्रमण


१४ चैत ०७७, काठमाडौ. । शुक्रबारको तुलनामा शनिबार नेपालभर कोरोना संक्रमणमा कमी आएको छ । गत २४ घण्टामा थप ८५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ । शुक्रबार १ सय ५६ जनामा कोरोना पुष्टि भएको थियो ।
पछिल्लो २४ घण्टामा दुई हजार ७ सय ४५ मा पिसिआर परीक्षण गर्दा ८५ जनामा कोरोना पुष्टि भएको हो । शनिबार कोरोनाबाट निको हुनेको दर ९८.४ प्रतिशत छ ।
शक्रबार भने चार हजार ४ सय १६ जनामा पीसीआर परीक्षण गर्दा १५६ जनामा कोरोना पुष्टि भएको थियो । शुक्रबारको तुलनामा शनिबार झण्डै एकजार ३ सय जना कम व्यक्तिमा कोरोना परिक्षण गरिएको मन्त्रालयबाट उपलव्ध तथ्याङ्कमा उल्येख छ ।

 

प्रतिक्रिया दिनुहोस्