Logo

ललितपुरको मंगलबजारबाट विहानै मूर्ति चोरी


१४ चैत ०७७, ललितपुर । ललितपुर महानगरपालिका १६ धौगालस्थित यही महानगरपालिका मंगलबजार बस्ने माईकल शाक्यको मूर्ती पसलबाट करिब ४ लाख रुपैयाँ बराबरका विभिन्न मूर्तिहरु शुक्रबार बिहान चोरी भएको छ । अपरिचित व्यक्तिहरुले झ्यालको ग्रिल फोडी ती मूर्तिहरु चोरी गरी फरार भएको बताइएको छ ।
चोरीमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले विस्तृत अध्ययन गरिरहेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्