Logo

वालाजुको माछापोखरी र ठिमीमा दुई जना मृत अवस्थामा फेला

१५ चैत ०७७, काठमाडौं । काठमाडौं महानगरपालिका १६ बालाजु माछापोखरी नजिक शान्तिमाया खाजा घरमा काम गरी बस्ने तनहुँ पोखरी भञ्याङ गाउँपालिका ३ घर भएकी ३९ वर्षीया रमिला गुरुङ यस खाजा घरको कोठामा शनिबार मृत अवस्थामा फेला परेकी प्रहरीले जनाकारी दिएको छ ।
साथै मध्यपुर ठिमी नगरपालिका २ सानोठिमी भट्टराई टोल डेरा गरी बस्ने दैलेख घर भएका २७ वर्षीय नगेन्द्र रोकाय आफ्नै कोठामा शनिबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाकारी दिएको छ ।
दुवै घटनाका सम्बन्धमा प्रहरीले विस्तृत अनुसन्धान गरिरहेको बताउको छ ।

 

प्रतिक्रिया दिनुहोस्