Logo

धादिङको चरौदीमा मोटरसाइकलको ठक्करपछि वालकको मृत्यु

फाइल तस्विर

१६ चैत ०७७,धादिङ । धादिङको चरौदीमा मोटरसाइकलले ठक्कर दिदन उक पैदल यात्रीको मृत्यु भएको छ । धादिङको बेनिघाट रोराङ गाउँपालिका ७ चरौदीमा प्रदेश ३–०२–००३ प ८५३१ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री भारत घर हुने पार्वती देवी साहको छोरा ८ वर्षीय आदर्श कुमार साहको शनिबार बिहान मृत्यु भएको छ । गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्