Logo

शंखरापुरमा होलीमा पानी भनेर एसिड एकआपसमा दलेपछि…


१६ चैत ०७७, काठमाडौं । काठमाडौं शंखरापुरमा होली खेल्ने क्रममा स्थानीय बालबालिकाले पानी भनेर एसिड आपसमा दल्दा पाँचजना घाइते भएका छन् ।

शंखरापुर–१ स्थित नविन ग्राममा डेरी सञ्चालनका क्रममा प्रयोग भएको एसिड चलाउँदा पाँचजना घाइते भएका हुन्।

खेल्दै जाने क्रममा बालबालिकाले एसिडलाई पानी भनेर दलेको प्रहरी कार्यालय नाङ्गलेभारेले जनाएको छ । प्रयोग भइसकेको एसिड बालबालिकाले होली खेल्दै जाने क्रममा अन्जानमा एकअर्कालाई दलेका हुन्।

एसिडका कारण घाइते भएकी १६ वर्षकी अश्मिता तामाङ्ग र ११ वर्षका सविन तामाङ्गको स्थानीय शुष्मा कोइराला मेमोरियल अस्पतालमा उपचार भइरहेको छ। ९ वर्षका विशाल तामाङ्ग उपचारपछि घर फर्केका छन्।

एसिडका कारण हात जलेका १७ वर्षका पवन पहरी र आकाश तामाङ्गलाई प्रहरीले नियन्त्रणमा लिएको छ। डेरी सञ्चालक केशव नेपाललाई सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएर बौद्धमा राखिएको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्