Logo

विजयपछि रंगशालामा हर्ष र उन्माद (तस्विरहरु)


१६ चैत ०७७, काठमाडौँ (रासस) । त्रिदेशीय कप फुटबलको उपाधि नेपालले जितेपछि सोमबार साँझ रंगशालामा हर्ष र उन्माद छछल्किएको छ । ३७ वर्षपछि घरेलु मैदानको उपयोग गर्दै नेपालले त्रिदेशीय कप उपपादी आफ्नो पोल्टामा पार्न सफल भयो । उपाधि जितसँगै नेपालले पाँच हजार डलर पुरस्कार प्राप्त गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सोमबार साँझको फाइनल खेलमा नेपाली टोलीले बङ्गलादेश विरुद्ध २ १ ले विजयी भएको थियो । खेलको १८औँ मिनेटमा सन्जोग राईले नेपालका लागि पहिलो गोल गरेका थिए । खेलको ४२औँ मिनेटमा विशाल राईले नेपालका लागि दोस्रो गोलसँगै नेपालको जित भएको हो् ।

बङ्गलादेशले खेलको ८३औँ मिनेटमा रहमानले हेडमार्फत सान्त्वना गोल गरेका थिए। नेपाली फुटबल टोलीका पूर्वकप्तान विराज महर्जनले बङ्गलादेश विरुद्धको अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिएका छन् । नेपाल र बङ्गलादेश बीचको फाइनल खेल अवलोकन गर्न प्रधानमन्त्री केपी शर्मा ओली दशरथ रङ्गशाला गएका थिए ।

प्रधानमन्त्री खेल शुरु हुनु अगावै रङ्गशाला प्रवेश गरे । उनका साथमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, पूर्वसभामुख सुवासचन्द्र नेम्बाङ, युवा तथा खेलकुदमन्त्री दावा लामा तामाङ, राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवाललगायत रङ्गशाला पुगेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्