Logo

गोटिखेल बजारमै छ ‘पानीघट्ट’ र ‘विजुलीघर’

केशवप्रसाद घिमिरे प्रभुले संचालन गरेको सुधारिएको पानी घट्ट । लेन्स ललितपुर खबर

ललितपुर खबर
१७ चैत ०७७, गोटिखेल । आधुनिक युग सुरु भएसँगै गाँउ गाँउका खोला नालाका पानी घट्ट उल्मुलन भइसके । तर दक्षिण ललितपुरको गोटिटखेलको स्थानीय बजारमा पानीघट्ट अझैं सञ्चालित छ । कालेश्वरबाट फर्कदा भेटिने मसान खोलामा १५ मिटरको झरना छ, त्यही झरनाका पानी लगेर पानी घट्ट बनाउन सके टाढा टाढासम्म भारी बोकेर घट्ट जानु पर्दैन भन्ने सोचका साथ आफूले घट्ट बनाएको स्थानीय केशवप्रसाद घिमिरे प्रभु बताउछन् ।

यो सुधारिएको घट्ट हो । यस घट्टलाई थोरै पानी भए पनि चल्ने प्रभु बताउछन् । भन्छन्, ‘प्रतिसेकेन्ड दुई तीन लिटर पानी भए पनि हुन्छ । घट्ट वेगले पानी आउदा चल्ने हो ।’
उनका अनुसार यही पानीबाट बैतर्णीधाममा वाइस धारा बनाइएको छ । सँगै विजुली निकालिएको छ । तेल मिल छ । धान कुट्ने मेसिन पनि छ ।
२०४५ सालको बैशाख १ गते ४ किलोवाटको विजुली निकालेर गोटिखेलको १७ घरमा विजुली बालेको प्रभु बताउछन् । त्यसपछि धान कुट्ने मेसिन ल्याएपछि गाँउघरमा दिनभर ढिकी जातोमा अल्मलिने किसान अरु खेती किसानीमा लागेका उनी बताउछन् ।

सञ्चालक केशवप्रसाद घिमिरे प्रभु ।

२०५१ सालमा विजुली बत्ती विस्तार गरेर १ सय ५१ घरलाई विजुली बालेको प्रभुले ललितपुरलाई आफ्नो स्मरण सुनाए ।
गोटिखेल बैर्तणी धाममा त्रिवेणी होमस्टे संचालन गरिरहेका इश्वर तिमल्सिना स्थानीय विजुलीका कारण होमस्टेमा आउने पाहुनाका लागि सुविधा पुगेको बताउछन् । उनी भन्छन्, ‘केन्द्रिय लाइन कुन बेला जान्छ भन्न सकिन्न । स्थानीय बत्तीका कारण पाहुनालाई सफिलो भएको छ । जुनसुकै बेला इन्टरनेट चलाउन पानी तताउन सझिलो छ ।’
गोटिखेल शाखा प्रमुख सुरेश कुँवर स्थानीय विजुलीका कारण अफिस समयमा बत्ती जाँदा सझिलो भएको बताउछन् । भन्छन्, ‘ग्राहकलाई सेवा दिन बत्ती नभएको बेला सझिलो छ ।’
दक्षिण ललितपुर विद्युत् सहकारीद्धारा विस्तार गरिएको विजुली बत्तीसँगै स्थानीय विद्युत् गृह आशिंक संचालनमा छ । बैक, फोटो स्टुडियोलगायत अत्यावश्यक सेवाका लागि यो विद्युत् २४ सैं घण्टा संचालनमा छ ।
पछिल्ला समय खोलानालामा खट्ट विरैलै देखिन्छन् । घट्टका झुपडी भत्किसके । भने घट्वारेहरु हराईसके । गोटिखेल नजिकै जनक तामाङको एउटा मात्रै घट्ट रहेको उनी बताउछन् ।
टुंगुनखोलामा गोटिखेल नजिकै एउटा घट्टबाहेक अरु हराई सकेका उनी बताउछन् । विजुलकिो शुल्क प्रयोग र आवश्यकत्ताका आधारणमा निर्धारण गरिएको प्रभुले बताए । उनले भने, ‘गाँउघरमा सुविधा होस् भन्ने हिसावले सञ्चालन गरेको हुँ ।’

 

प्रतिक्रिया दिनुहोस्