Logo

राजधानीमै फल्छ, स्टबेरी


ललितपुर खबर
१७ चैत ०७७, ललितपुर । मुखै रसाउने मिठो स्टबेरी कसलाई मन पर्दैन ? रातो रातो मिठो मिठो स्टबेरी केक बनाउन प्रयोग गर्ने गरिन्छ । राजधानी काठमाडौंबासीका लागि यो नयाँ फल भए पनि पछिल्लो समय यत्रतत्र पाइन थालेको छ ।
केही बर्षअघिसम्म न्युरोडरोड आसपास विक्रि हुने स्टबेरी आजकल लगनखेल, वसपार्क र भक्तपुरको फुटपाथमा विक्री हुने गरेको छ । सातदोवाटो भाटभटेनीमा भेटिएकी रमा घिमिरेका अनुसार आजकल भाटभटेनीमा नियमित स्टबेरी किन्न पाइन्छ । उनले भनिन्, ‘विग मार्टलगायत अन्य सपिङ मलमा पनि पाइन्छ भन्ने सुनेकी छु । म चाही भाटभटेनीमै किन्छु ।’
राजधानीमै खेती हुन थालेपछि सपिङ्ग मलमा पाउन थालेको पुल्चोक सेलवेजकी एक विक्रेताले बताइन् । उनले भनिन्, ‘भक्तपुरबाट यही बेच्न ल्याउछन् । यहाँ जति ल्याए पनि आजकल बिक्न थालेको छ ।’

ललितपुर लेले फाममा स्टबेरी टिप्दै किसान प्रेम तामाङ्ग । लेन्स : ललितपुर खबर

राजधानी नजिकै ककनीबाट खेती सुरु भएको स्टबेरी खेती आजकल भक्तपुर धापाखेल,हरिसिद्धि र लेलेसम्म विस्तार भएको किसान बताउछन् ।
धादिङ्ग खानीखोलाबाट लेले आएर दुई वर्षदेखि स्टबेरी खेती गरिरहेका प्रेम तामाङ्ग स्टबेरी खेती गर्नले आफ्नो बच्चालाई भन्दा धेरै स्याहार गर्नु पर्ने अनुभव सुनाउछन् । उनका अनुसार बेलाबेलामा पानी मल पु¥याउन जरुरी छ । बोट सानो र कलिलो हुने हुदा साना लिना किराले चाडै खान्छ । भार उम्रे बोट छोप्न बेर लाइदैन । प्लाष्टिक र थोपा सिचाई गर्न सके झार उम्रने र पानी राख्ने झण्झट पर्दैन ।
भन्छन्,‘धेरै ग्राहक फाममै आइपुग्छन् । बजारमा पु¥याउन सकिएको छैन ।’
तामाङका अनुसार एक केजीको सात सयसम्ममा बिक्रि हुने गरेको छ । बजारमा माग अनुसार दिन मुस्किल छ ।
तामाङ स्टबेरी खेतीको राम्रो सम्भावना देखेपछि आफै विरुवा उत्पादन गर्ने मनस्थितीमा छन् । नयाँ विरुवा निकाल्न स्टबेरीकै लहराको डाँठलाई कोकोपिटमा मल राखेपछि जरा हाल्ने बताउँछन् ।
स्टबेरी खेती गर्न पुरानो विरुवा अर्को बर्ष रोप्न नहुने अनुभव तामाङले सुनाए । भने, पुरानो विरुवामा रोग धेरै आउने रहेछ । नयाँ विरुवा निकाल्नै सझिलो छ ।
काठमाडौंमा स्पेनबाट ल्याएर रोप्ने गरिन्थ्यो । तर पछिल्लो समय यही विरुवा उत्पादन गर्ने गरिन्छ ।
काठमाडौंमा ४ बर्षदेखि किसनले यो खेती गर्दै आइरहेका छन् । ककनीमा १७ बर्षदेखि स्टबेरी खेती हुँदै आएको छ । सेपिलो र ओसिलो भिरालो जमिनमा स्टबेरी खेती फस्टाउने गरेको छ ।
खुमल्टारमा सुदिप पोखरेलले स्टबेरी खेतीको तालिम दिने गरेका छन् । बजारको माग र राम्रो मूल्य पाइने भएपछि राजधानकिा काँठ क्षेत्रमा व्यावसायिक खेती गर्ने किसान स्टबेरी खेतीतर्फ आर्कर्शित भइरहेका छन् ।
पछिल्लो समय राजधानीबासीले घरमै बरेसाबारीमा र गमलामा समेत स्टबेरी रोप्ने गरेका छन् । कोसी खेतीमा समेत स्टबेरी फस्टाउने गरेको छ । विशेष गरेर कोकोपिटमा स्टबेरी खेती फस्टाउने गरेको किसान बताउछन् ।

 

प्रतिक्रिया दिनुहोस्