Logo

खराव मौसम,तुवालो र सूर्यास्त (तस्विरहरु)


ललितपुर खबर
१८ चैत ०७७, ललितपुर । केही दिनदेखि मौसम धुम्म छ । चारैतिर अध्यारो झैं लाग्छ । घाम लागे पनि नलागे जस्तो । दिउसै अध्यारो भएजस्तो ।
अचानक आएको मौसम परिवर्तनपछि विद्यालय बन्द गरिएको छ । काम बाहेक बाहिर ननिस्कन सरकारले अनुरोध गरेको छ । विग्रदो मौसमबीच आँखा पोल्ने विरामी बढ्न थालेका छन् ।


देशभर डढेलो फैलिएसँगै मौसममा परिवर्तन आएको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ । पश्चिमी वायुको प्रभाव बढेसंगै मौसममा सुधार आउने मौसमविद्हरुको भनाई छ । उनीहरुको मत अनुसार अझै केही दिन यो मौसम कायम रहने छ ।

यही तुवालोबीच ललितपुर खबरको लेन्सबाट देखिएको सूर्यास्त :

 

प्रतिक्रिया दिनुहोस्