Logo

कुमारीपाटीमा गज्जवको बजार : जहाँ छ,फेसबुक,युटयुव टिकटक …

ललितपुर खबर
१८ चैत ०७७, कुमारीपाटी । ललितपुरको लोकप्रिय बजार कुमारीपाटी । जहाँ फेसबुक, युट्युव, टिकटक, Qपवजी र एग्रवर्डजस्ता इन्टरनेटका चर्चित साइटका नाममा पसल खुलेका छन् भन्ने धेरैलाई थाहा नहुन सक्छ । हो, कुमारीपाटी बजार एक पल्ट घुमेर हेर्नुस् त यस्ता पसलहरु देख्न पाउनु हुनेछ ।
यी पसलहरु इन्टरनेट ग्याजेटका भने होइनन् । न त इलेक्ट्रोनिकसँग सम्बन्ध भएका अरु कुनै बजार नै । यी हुन् विशुद्ध कपडा पसल ।
विरगञ्जका मनिष बुढाथोकीले कुमारी पाटीमा युट्युव नामको फेन्सी पसल खोलेका छन् । नामकै कारण पसल चल्न सहयोग होस भनेर बुढाथोकीले पसलको नाम युट्युव राखेको बताउछन् । भन्छन्, धेरैले पसलको फोटो चिेर लैजान्छन् । कति मानछे त मेरो युट्युव मोनिटाइज भएन भनेर गुनासो गर्न आइ पुग्छन् । कपडा देखेपछि हासेर जान्छन् ।’
‘आफ्नो पसललाई कतिले सामाजिक सञ्जालमा ट्रोल बनाइदिन्छन् । मिडियामा बहसको विषय बन्दा व्यापारमा फाइदै भएको महसुस भएको छ ।’ उनी भन्छन् ।


युट्युवसँगै टिकटक नामको अर्को पसल पनि छ । कपिल घिमिरेले चलाइरहेका यो पसल उनले मनिषसँगै किनेका हुन् । पसलका कर्मचारी सिमान्त बञ्जारा टिकटक के रहेछ भनेर पसल हेर्न भनेर आउने आगन्तुक कपडा किनेर फर्कने बताउछन् । भन्छन्, नामले व्यापारमा सहयोग नै गरेको छ ।


कुमारीपाटीबाट मंगलबजार छिर्ने गल्लीमा अर्को फेसबुक नामको अर्को पसल छ । फेन्सी कपडा बिक्रि हुने यो पसलको बोर्डमा फेसबुककै फण्टमा नाम लेखिएको छ ।


पहिलेदेखि नै एग्रीबर्ड नाम राखेको चलाइरहेको कुमारीपाटीको कपडा पसल सिन्धुपाल्चोकका विकाश लामाले किनेको बताउछन् । भन्छन्, नामको कारण अहिलेसम्म अप्ठ्यारो चाही परेको छैन । तर पनि नाम फेरौ जस्तो लागेको छ । भन्छन्, यो चर्चित गेमको नाम भएर होला । कति मान्छे गेम खेल्न आउछन् । कपडा देखेपछि झुक्किएछ भनेर फर्कन्छन् ।
कुमारीपाटीको पवजी कपडा पसलका एक प्रोपाइटर नाम नबताउने शर्तमा भन्छन्, ‘हामीले नयाँ नाम राखेका हौं । आधुनिक जमानामा पुरानो नाम राख्न मन लागेन ।’ चर्चित अन्तराष्ट्र्रिय गेम पवजीको नाम राखेर लोकल पसल चलाउदा कसैले कपिराइट दावी नगर्ने उनले तर्क गरे । भने, ‘हामीले त्यो पवजी गेमको विजनेस खोसेका छैनौं । कसरी कपीराइट उलंगन हुन्छ र ?’ उनले उल्टै प्रतिप्रश्न गरे ।


युट्युव फेन्सी पसलका संचालक बुढाथोकीलाई नेपालजस्तो कपीराइट कानून लागू नभएको देशमा यस्ता नाम राखेर केही फरक नपर्ने बताउछन् । ‘यो हामीले राखेको पसल युट्युवको व्यापारसँग सम्बन्धित छैन । उसलाई फरक पनि पदैन ।’ उनी भन्छन् ।
कर तिर्न र दर्ता गर्न कुनै पनि सरकाकारी निकायले पनि यसबारे सोध्खोज नगर्ने व्यापारीहरुको बताउँछन् ।

 

प्रतिक्रिया दिनुहोस्