Logo

छुट्टि मनाउन टिकाभैरवको कालिजडाँडा

कालिज भ्यू रिर्सोटबाट देखिएको लेले गाँउ । लेन्स : ललितपुर खबर

ललितपुर खबर
२० चैत ०७७, टिकाभैरव, लेले । कलकल बग्ने खोला, समथर फाँट, शान्त वातारण,जताततै हरियाली अनि चराको चिरविर आवाज । यो दृश्य हो, ललितपुर टिकाभैरव कालिज डाँडाको ।
राजधानी काठमाडौंको धुलो,धुँवा,कोलाहल र भागदौडदेखि वाक्क दिक्क जो कोही टिकाभैरवका यो सुन्दर र शान्त वातावरणमा हराउँछन् । सातदोवाटोबाट १२ किलोमिटर टाढाको टिकाभैरव उसै रमाइलो  छ । पछिल्लो समय कालिज पालन सुरु भएपछि यहाँ रम्ने राजधानीबासीको कुनै कमी छैन ।

फाँटको बीचबाट बग्ने लेले नदि तरेपछि पुगिन्छ कालिज डाँडा । खासमा यो ठाँउको नाम रानागाँउ हो,पछिल्ला समय कालिजपालन सुरु भएपछि यस ठाँउको नामै कालिजडाँडा भन्न थालिएको छ । रंगीविरंगी कालिज हेर्दै छुट्टी मनाउन टिकाभैरवको कालिजडाँडामा रहेको फाम नयाँ गन्तव्य बनेको छ ।

कालिज फाममा राखिएको जाली ।

जंगलमा पाइने पन्छि कालिज शिकार गरेर खाने चलन हराउदै गए पनि पछिल्ला समय फाममै कालिज पालेर खान सुरु भएको छ । नेपालमा कालिजपालन सुरु भएको धेरै समय भएको छैन । तर जंगलको कालिजको मासु खान पल्केकाहरु कालिजडाँडा पुग्ने गरेको फामका संचालक प्रकाश डोटेल बताउछन् । भन्छन्, ‘४० नागेको धेरै मानिस कालिजको मासु मन पराउछन् । नयाँ पुस्ता कालिजबारे अनविज्ञ रहेछन्, फोटो खिच्न पो झुम्मिन्छन् ।’

फाम रहेको रंगीन कालिज ।

भिरालो पाखो जमिनमा तार बारेर कालिज छोडिएको छ । यहाँ भाले पोथीको अनुपात मिलाएर राखिएको छ । साथै अण्डा पार्ने पोथी छुट्याएर राखिएको छ । धेरै आगन्तुक कालिज फाम सुरु गर्नका लागि कालिजडाँडा जाने गरेका छन् भने सेल्फी खेच्ने युवा पुस्ता पनि कालिज रिसोर्ट पुग्छन् ।
कोरोना माहामारीपछि देश ठप्प भयो । प्रकाशको क्रसर पनि बन्द हुने नै भयो । त्यसताका उनलाई छट्पटी भयो । प्रकाशले युट्युव हेर्दै जाँदा कालिजपालन देखे । त्यहीबाट सुरु भो उनको व्यावसायिक योजना ।

फाममा बारिएको बार ।

लकडाउनकै समयमा उनको पुख्यौली जमिन रहेको रानागाँउको पाखापखेरा बारेर खोर तयार भो । तर चल्ला पाइएन । फ्रान्सबाट चल्ला ल्याउन लकडाउन दिएन ।
उनले राजधानीभर धुईपत्ताल खोजे । कही भेटेनन् । अन्ततः पत्ता लाग्यो टौदह नजिक बोसनडाँडा र साँगाको फाम । उनले एक दिने चल्लाको एक हजार ६ सयदेखि २ हजारसम्म तिरेर ल्याए ।
प्रकाशको विधिवत कृषि व्यासाय सुरु भो । जसरी चल्ला बढ्दै गयो उसरी नै उनको फाममा कालिज हेर्न र किन्नको भीड बड्यो । प्रकाश भन्छन्, ‘अहिले मागे जति कालिज बेच्न सकिन्न । आफ्नै रिर्सोटलाई चाहिन्छ । बच्चा कोरल्नका लागि अण्डा चाहिन्छ ।’

कालिजको अण्डा खोज्दै कर्मचारीहरु ।

कालिज पालनमा प्रकाशले राम्रो भविश्य देखेका छन् । एकै बर्षमा सावा उठ्यो । प्रकाश भन्छन् ‘अहिले सबै नाफा हो ।’
फामबाटै एउटा कालिज ३ हजार ५ सयमा बेच्ने प्रकाश आफ्नै चल्ला कोरोल्ने ह्याचरी राखेका छन् । उनले एक दिने बच्चाकै ८ सय रुपैयाँ लिने बताउछन् । कालिज पालन गर्ने व्यावसायीलाई परामर्ससँगै व्यावसायिक योजना समेत बनाउन कृषकलाई सघाउने उनको भनाई छ ।
स्थानीय क्रसर व्यावसायी प्रकाश डोटेलले निर्माण व्यावसायलाई स्थगित गरेर कृषि र पर्यटन व्यावसाय सुरु गरेका हुन् ।
उनलाई यो व्यासायमा रस पसेको कालिजडाँडा पुग्दा भान हुन्छ । लेले र टिकाभैरव छलंङ्ग देखिने डाँडामा उनको फाम छ । सधै कालिजको चिरविर आवाज सुनिन्छ । जताततै हरियाली डाँडाले घेरिएको छ ।
प्रकाश भन्छन्, ‘यो राजधानीको छोटो गन्तव्य हो । एकान्तकुना र सातदोवाटोबाट आधाघण्टाकै यात्रामा पुगिन्छ ।’ याँहा गाउले परिभेष भेटिन्छ । पुराना टायलले छाएको घरहरु बग्रेल्ती छन् । खेतीपाती मेलापात याहाँको दैनिकी ।

नवनिर्मित कालिज भ्यू रिर्सोट ।
कालिजसँगै खेल्दै आगन्तुक ।

पछिल्ला प्रकाशले समय आफ्नो व्यावसायको आकार बढाउदै लगेका छन् । फामसँगै कालिज भ्यु एग्रो रिसोर्ट खुलेको छ । अवोकार्डोको विरुवा रोपेका छन् । तरकारी फामको तयारी हुँदैछ । रिसोर्टमा दुई वटा डिलक्स रुम तयारी अवस्थामा छ । सेमिनारका लागि हल छ । रेष्टुरेण्ट बन्दैछ । बगैचाको तयारी भइरहेको छ ।
अहिले १ हजार ३ सय संख्या रहेको कालिजको संख्या बढाएर यही बर्ष १० हजार पु¥याउने प्रकाश योजना सुनाउछन् । थोरै पाखो बारीमा कालिज पाल्दा धेरै आम्दानी देखेका उनी हौसिएका छन् । भन्छन्, ‘तरकारी खेती सुरु हुँदैछ । रिसोर्टलाई चाहिने तरकारी अब यही फल्छ । अर्गानिक तरकारी आगन्तुकले बारीबाटै टिपेर पकाउन अर्डर गर्न सक्छन् ।’
पार्टी हल, व्याटमिन्टन हल र फुटसल यही बनाउने योजना छ । प्रकाश योजना सुनाउछन्, ‘रेष्टुरेष्ट र अर्को गेष्ट रुम पनि बन्छ ।’हरेक दिन १ सय पचास अण्डा उत्पादन हुने यो फममा फामभित्र रेखदेख गर्न २ जना कर्मचारी छन् । ‘अण्डा भालेले ठुगेर विगार्ने गर्छन् । त्यसैले कर्मचारीको रेखदेख जरुरी छ’ उनी भन्छन् ।
प्रकाशको कृषि व्यावसायको योजना फराकिलो छ । उनी अक्वाप्रोनिक्स फाम सुरु गर्ने योजनामा छन् ।

हेर्नुस भिडियो :

 

प्रतिक्रिया दिनुहोस्