Logo

गोदावरीमा न्यौपाने र देशारलाई कला साहित्य सम्मान


२२ चैत ०७७, बज्रवाराही, ललितपुर । गोदावरी साहित्य परिषदले श्रष्टा सम्मान गरेको छ । तेश्रो वार्षिकोत्सवको सन्र्दभमा ललितपुरको बज्रवाराहीमा आयोजित श्रष्टा सम्मान र पुस्तक लोकार्पणसँगै रचनावाचन कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा विष्णुप्रसाद न्यापानेलाई गोदावरी भाषा साहित्य सम्मानबाट मरणेप्रान्त सम्मानित गरिएको थियो भने कलाकार सुरेम देसारलाई गोदावरी कला सम्मानबाट सम्मानित गरिएको थियो ।
साथमा पुस्तक प्रकाशनमा सहयोग गर्ने डा देवि नेपाल,अनिल महर्जन,भुषण कपाली,जुगल डंगोल,सौँयता अधिकारी र सभ्यता अधिकारीसँगै सद्गुरुअफसेटप्रसलाई समेत सम्मान गरिएको थियो । कार्यक्रममा सभ्यता सौम्यताले मिठो वातावरणमैत्री गीत सुनाएर साहित्यानुरागीहरुलाई मन्त्रमुग्ध बनाएका थिए ।
पछिल्लो समय वादे कला स्टुडियोमा आवद्ध कलाकार सुरेम देशार स्थानीय स्तरमा कुची यात्रामार्फत कला प्रबद्धनमा जुटिरहेका छन् । स्थानीय क्षेत्रको विभिन्न स्थलको पत्रकार र कलाकार समेटेर ‘कुक’ यात्रामार्फत ल्याण्डस्केप आर्टमा कुची चलाइरहेका छन् ।
कार्यक्रममा डा. देवि नेपाल गोदावरी क्षेत्रमा साहित्य मौलाएको चर्चा गर्दै यस क्षेत्रमा भएको लोभलाग्दो प्रगतीको चर्चा गरेका थिए । गोदावरी उद्योग वाणिज्य संघमा अध्यक्ष जगनाथ महर्जनले साहित्यका विकाशका लागि साहित्यकार समृद्धिको बाटोमा लम्कनु पर्नेमा जोड दिए । श्रृजनालाई संसारभर पु¥याउन समृद्धि जरुरी रहेको औल्याउदै महर्जनले अमेरिकी साहित्य संसारभर पुगेको विषयमा तर्क गर्दै त्यो भन्दा कम आर्थिक प्रगति गरेको भारतको साहित्य दक्षिण एशियभर पुगेको बताएका थिए ।
किटिनी स्कूलका प्रधानाध्यापक जनार्दन आयार्चले पछिल्लो पुस्तालाई इन्टरनेट र अध्याधुनिक मोवाइलले भाँडिरहेकाले साहित्यको पुर्णविराम लाग्नेतर्फ संकेत गर्दै भने आजकलका वालवालिकाहरुमा पढ्ने संस्कृती हराउदै गएको छ । कोर्सको किताव बाहेक अन्य पाठक समेत पढ्न जागर गर्न छोडेको चर्चा गर्दै आचार्यले साहित्य र कलाको विकाशका लागि मोवाइल छोडौं अभियान चलाउन जररी रहेको विचार व्यक्त गरे ।
गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले नगरपालिकाले ३ वर्षअघि साहित्य परिषद गठन गरेर साहित्य क्षेत्रमा कलम चलाउनेहरुलाई जिम्मा लगाएको समरण गर्दै भने, ‘नगरपालिका यस क्षेत्रको कला र साहित्यको विकाशमा सघाउन सधै तयार छ ।’
नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव जगतप्रसाद उपाध्यायले गोदावरी साहित्य परिषदलाई प्रतिष्ठानसँग जोडिएर साहित्यिक गतिविधि गर्न सुझाव दिएका थिए । उपाध्यायले प्रतिष्ठानले भाषा र साहित्यको क्षेत्रमा मात्रै नभई संस्कृतीको क्षेत्रमा समेत काम गरेको स्मरण गराउदै गोदावरीको रमणिय क्षेत्रमा लाइभ साहित्य रचना र वाचनजस्ता विषयमा प्रस्ताव ल्याउन आग्रह गर्दै भने,‘प्रतिष्ठानले कला र साहित्यलाई हुर्काउन सहयोग गर्छ ।’ साहित्य परिषदका अध्यक्ष वशिष्ठ अधिकारीले हरेक वर्ष नगरपालिकामार्फत आउने ५ लाख बजेटबाट श्रष्टाको साहित्यिक पुस्तक प्रकाशनमा सहयोग गर्ने योजना सुनाएका थिए ।
कार्यक्रममा एकैसाथ वशिष्ट अधिकारीको पुस्तक मदानी, उनिउको फूल सावित्री अधिकारी, समयको रुमाल रत्नविरही घिमिरेको पुस्तक विमोचन गरिएको थियो । साथै परिषदले मुखपत्र गोदावरी समेत विमोचन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्