Logo

बलत्कारको अभियोगमा पक्राउ

© सर्वाधिकार : ललितपुर खबर

२४ चैत ०७७, नुवाकोट । १५ वर्षीया किशोरीलाई जवरजस्ती करणी –बलात्कार) गरको अभियोगमा बिदुर नगरपालिका ५ देविघाटमा डेरा गरी बस्ने गोरखा भिमसेन गाउपालिका ६ अश्रमझिगटे घर भएका ४७ वर्षीय कलमदिन मियाँलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार ती किशोरीलाई देविघाटस्थित टहरोभित्र जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी देवीघाटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्