Logo

नुवाकोटस्थित एक सरकारी कार्यालयको टिभि नै चोरी

फाइल तस्विर

२५ चैत ०७७, नुवाकोट । धेरै ठाँउमा चोरी भएको खबर त सुनिएकै हो । तर नुवाकोटको पञ्चकन्या गाउँपालिका २ पुरानोडाँडास्थित २ नम्बर वडा कार्यालय भवनबाट सिटीटिभी नै चोरी भएको छ । यस कार्यालयमा नगद ५३ लाख २१ हजार ८ सय ५६ रुपैयाँ र ३२ ईन्चको १ थान सिसिटिभीको मोनिटर गएराति चोरी भएको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय नुवाकोट र ईलाका प्रहरी कार्यालय पञ्चकन्याबाट खटिएको प्रहरीले चोरीमा संलग्न फरार व्यक्तिहरूको खोजी गर्नुको यस सन्बन्धमा अनुसन्धान सुरु गरेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्