Logo

ललितपुरको वालकुमारीमा दुखद दुर्घटना, एकको मृत्यु एक घाइते

स्केजः कोपिला दुलाल

२९ चैत ०७७, ललितपुर । ललितपुरको वालकुमारीमा दुखद दुर्घटना भएको छ । ललितपुर महानगरपालिका ९ बालकुमारीस्थित सडकमा बा.७० प ३२ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक ईलाम घर भएका ३८ वर्षीय नदिप तामाङको मृत्यु भएको हो ।

दुर्घटना परी गम्भीर घाइते भएका उनको बिएण्डबी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार काभ्रे घर भएका ३४ वर्षीय जित बहादुर उदासको यसै अस्पतालमा उपचार भइरहेको छ ।

 

तपाईसँग समसामयिक सन्दर्भमा कुनै लेख\रचना, समाचार, प्रेस नोटहरु, सल्लाह, सुझाव र प्रतिक्रिया भएमा [email protected] मा हामीलाई पठाउनुहोला । हामी सम्भव भएसम्म धन्यवादसहित प्रकाशन गर्नेछौं । सम्पादक

प्रतिक्रिया दिनुहोस्