Logo

नेपाली शिक्षकहरुमा नमस्कार !


गोपाल सञ्जेल
आदरणीय व्यक्तिहरुलाई नमस्कार गर्नु पूर्वीय सभ्यता नै हो । नमस्कार गर्दा दुवै हात जोडेर मुटुमा हात राखी शिर पूरै निहुराउनुपर्छ । यसलाई साष्टाङग दण्डवत् भनिन्छ । गुरु त पितासरह पूज्य मानिन्छन् । पितासरहको तहमा बसिदिनु गुरुहरुको परम कर्तव्य हो । नेपाली भाषाका शिक्षकहरुलाई नमस्कार गर्नुपर्दछ । शिर्षकको लाक्षणिक अर्थ थाहा पाइहाल्नु भो । यो आलेखका आसय पनि । यही आसय बोकेर अलि परसम्म सँगसँगै जाउँ न है, गुरुवर !
त्यसो त म नेपाली विषयको विद्यार्थी होइन । नेपाली भाषा र साहित्यलाई माया गर्ने मान्छे हुँ । भाषा रहे हामी रहन्छौं । भन्ने बुझाई राख्छु । यही बुझाईले गर्दा याहाँहरुसँग साक्षत्कार गर्न पाएको छु । भाषा, साहित्य, संस्कृत संस्कारको जग विद्यालउ तह नै हो । यही तहमै बलियो जग बसाल्नु पर्छ भन्ने मान्यता राख्छु ।
बेलाबेलामा हाम्रा पाठ्यपुस्तकहरु फेरिन्छन् । समयसापेक्षताका लागि होइन स्वार्थपूर्तिका लागि । संसार हाक्ने पूवीय दर्शनका हकदारलाई पश्चिमी दासहरुले पैसाकै आड भरोसामा हामीलाई पिडा दिईरहेछन् । हाम्रै शासनसत्ता र राजनीतिको काँध चढेर हामीलाई ङ्याकिरहेछन् । पूर्वीय सभ्यताको बहुमूल्य भाषा संस्कृती, साहित्य हामीबाट खोसेर उनीहरु आफ्नो बैभव बनाइरहेछन् । अनि यहाँ हामीलाई उल्टै अंग्रजीको हाउगुजी देखाएर दास बनाइरहेछन् । यो कुरोको चिरफार हुन ढिलो भइसकेको छ । ए हजुर भाषा अभिव्यक्ति दिने माध्यम हो भाषा ज्ञान होइन । हामी त यति ठूलो महाभ्रममा छौं नि, अंग्रेजी जान्नु भनेको महाज्ञान जान्नु हो । अंग्रेजी नजान्नु भनेको गँवार हुनु हो । हामीलाई यस्तो बेकारको भेडो बनाउनका लागि उनीहरुमको ठूलो लगानी छ । व्यवस्थित लगानी छ । रहस्यको गहिरो राजनीति छ । माहोल यस्तो बनाइएको छ की हामी अंग्रेजीको हाउगुजीले हरपभुल त्रस्त छौं र आफ्ना नानीबाबुलाई अंग्रेजी जान्ने बनाउन जे र जति खर्च गर्न तयार छौं । भुईको टिप्न खोज्दा पोल्टाको खसेको यादै पाउदैन्नौं ।
हाम्रो पुर्वीय सभ्यताको जननी भाषा संस्कृतीलाई हामीबाट विस्थापित गराउन उनीहरुले ठूलो कसरत गरे । एक हदसम्म उनीहरु सफल पनि भए । आज संस्कृती भाषा इतिहासको गर्भमा पु¥याइएको छ । अव पुनः त्यही अवस्थामा फर्काउन ज्यादै कठीन देखिन्छ । संस्कृत भाषाविना पूर्वीय दर्शन हेर्न, बुझन सकिन्न । त्यसैमा सुनियोजित रुपमा प्रहार गरियो । यसकै सिलसिलामा नेपाली भाषामाथि आक्रमण गरियो । पहिलो चरणमा तोडमोड गर्ने नीति थियो । धन्न भाषाप्रेमीहरुको खबरदारीले गर्दा यो रोकियो । त्रिभुवन विश्व विद्यालय, पाठ्यक्रम विकाश केन्द्र, प्रज्ञाप्रतिष्ठानजस्ता लाजको पसारो पर्दै सच्चिए । तर यसको कारण भनेनन् । खुलेनन् । बोलेनन् । मानौ केही भएकै थिएन । सामान्य भुलचुक थियोजस्तो । पाठ्यक्रम विकाश केन्द्रले तोडमोड गरेको भाषा सच्चाउन, प्रज्ञा प्रतिष्ठानले तोडमोड गरेको नेपाली बृहत शव्दकोष खारेज गर्नु सामान्य घटना थिएनन् । दोषि को थिए ? किन यो अपराध गरिएको थियो ? कसको मिलेमतो र के स्वार्थका लागि गरिएको थियो ? खोजी छानविन र अपराध कर्म दण्डनिय हुनु पर्दैन ? तर याहा पाश्चात्य ग्राण्ड डिजाइनमा गरिएको यो कृत्य अक्षम्य अपराध थियो । त्यत्तिकै तै चुप मै चुपमा नै गुपचुप गरियो ।
संस्कृत भाषालाई पुरेत्याई गर्ने भाषाको रुपमा चित्रण गरियो । किनकि कर्मकाण्ड यही भाषामा चल्दैछ । नेपाली भाषा ब्राम्हण क्षेत्रीको भाषाको रुपमा चित्रण गरियो । गैरनेपालीभाषीहरुलाई ग्राण्ड डिजाइन अनुसार हो क्या रे भन्ने भ्रम छर्न सफल भए । उता आधिकारिक निकाय र केही विज्ञ भनाउदाहरु भरौटेका रुपमा बिक्री भइसकेका थिए । किनकि जरोको रुपमा रहेको संस्कृती भाषा निमिट्न्न पार्ने, नेपाली भाषालाई पहिलो चरणमा तोडमोड गर्ने,दोश्रो चरणमा यसलाई यसलाई पनि निमिटेन्न पार्ने रणनीति थियो । अन्य भाषिकाहरुको लिपि लेखाई र चल्तीमा नहेरेपछि हिसावै गर्नु परेन रे ! सामान्य बोलीचालीलाई त छिट्टै मेट्न सकिन्छ भन्ने आँकलन थियो । विश्लेषणको गहिराईमा थिए । योजनाबद्ध थिए । श्रोतसाधन र शक्ति परिचालन गरेका थिए ।
कुनै पनि देशलाई कमजोर पार्नु प¥यो भने अब अणु र एटम बम बिस्पोट गर्नु पर्दैन । त्याहाको भाषा र संस्कृतीलाई निमिट्यान्न पार्दा हुन्छ । त्यसपछि त्यो देशको अतित्वमै रहन्न यही रणनीति अपनाइएको छ, हाम्रो सन्र्दभमा पनि ।
नेपाली भाषाका शिक्षकहरुलाई यहाँ विशेष सम्बोधन किन गरिएको हो भन्ने अव याँहा थप भनिरहनु पर्दैन । नेपाली शिक्षकहरुको उत्तिकै जिम्मेवारी, दायित्व र कर्तव्य छ र, हुन्छ । भाषिक कुरो चाहे तयो सामाजिक, गणित, विज्ञान, जुन विषय हुँदा पनि उही हो । अन्र्तराष्ट्रिय क्षेत्रमा प्रतिश्पर्धी हुने सपाना देखाइएको छ । यो सोह्रै आना गलत र भ्रमबाहेक केही होइन । अंग्रेजी भाषा जान्नु हुन्न,पढ्नु हुन्न भनेको होइन । तर आफ्नोपन छोडेर, विर्सेर अर्को भाषा सिक्दैमा विज्ञ, विशेषज्ञ कदापि हुन सकिन्न । विज्ञ त आफ्नोपनसहितले पो हुन्छ त ! तारानाथ शर्मा नेपाली भाषाका विज्ञ थिए र त अन्र्तराष्ट्रिय क्षेत्रका नामी विश्वविद्यालयहरुका प्रसिद्ध भिजिटिङ प्रोफेसर थिए त !
तपाईहरु शिक्षणमा देशको अस्तित्व कसरी जोडिएको छ, यो भनिरहनु पर्दैन । देशको मात्रै होइन सिङ्गो भारववर्षको अस्तित्व जोडिएको छ । यो हौस्याउन खोजिएको होइन । वर्तमानको यतार्थ भन्न खोजिएको हो । कहिलेकाँही असाधारण जिम्मेवारी र दायित्व काँधमा आउँछ । राज्य र राज्य संयन्त्र कमजोर भएको बेला, बिमुख भएको बेला । उत्तरदायी र जवाफदेही नभएको बेला यस्तो विशेष आवस्था आउँछ ।
अबोध बालबालिकामाथि थोपरिएको बाह्य संस्कृती, भाषा र संस्कारले हामी सभ्य हुँदैनौं भाषा र संस्कृति हरायो भने हामी जत्था मात्रै हुनछौ । समाज पनि हुन्नौं । सभ्य समाज र जत्था तुलनै हुन्न । जत्थाको दौड रनेक्ने मात्रै होइन फर्किनु र पुन ः भुलेको, विराएको मार्ग पक्रिनुपर्छ ।
हाम्रो राजनीति र राज्य कच्चा, भिषमग्गा,आफ्नो अतित्व र अस्मिता बेच्न पनि पछि नपर्ने, भाषिक, र्सास्कृतिक धरातल भाषिन, सकिन लाग्दा पनि होस नपाउनेका अभागी नागरिक भएर बाच्नुको पीडा कति हुन्छ होला ? त्यसैले गुरुहरुलाई गुहार मागेकै हो है । तपाईंहरु हुनुहुन्छ र आशाके त्यान्द्रो बाँकी छ । यही त्यान्द्रोले बाँकी संसार धान्नु छ ।
पहिले त हामीले मुल भाषालाई आफ्नो स्थानमा ल्याउन लागौं । अनि अन्य भाषिकाहरुको पालो स्वतः आउँछ । संस्कृती र नेपाली भाषाको विकाश, संवद्र्धनबिना अन्य भाषिकाहरुको पालो स्वतः आउँछ । संस्कृती र नेपाली भाषाको विकास संवद्र्धनबिना अन्य भाषाको छन्दका अस्तित्व जोगाउन सकिन्न । यो एक आपसमा अन्योनयाश्रित छ । अन्य भाषिकाहरुको विकासबिना सस्कृती र नेपाली भाषाको महत्व र उपदेयता पनि हुन्न । लिपि, लेखाई र साहित्यविना कुनै पनि भाषाकोआयु र अतित्व हुन्न । हाम्रा विद्यालय र विश्वविद्यालयहरुले यही कर्म गर्नुपर्दछ ।
संसारको भाषा विज्ञान एउटै हो । हाम्रे पुर्खा पाणिनिले विकास गरेको भाषाविज्ञान जति बैज्ञानिक र गहन दोश्रो कुनै पनि छैन भन्छन् । पश्चिमाहरुले यो कुराको आडाह र आरिस गरेको धेरै भो । हामी उनीहरुका भुलभुलैयामा परेकार लोधलालचमा डुबेका छौं । यसको खबरदारी गर्नुपर्दछ । पहरदारीका लागि तयार हुनुपर्दछ । यसको जग भनेको विद्यायलय तह नै हो । यसका सारथिभ नेका नेपाली भाषा शिक्षकहरु नै हुन् । त्यसैले यहाँ उहाँहरुलाई साष्टाङ्ग दण्डवत्सहित नमस्कार गरेको हुँ ।
भाषाको पाणिनि, शास्त्रीय छन्दका पिङ्गल र योगका पतञ्जली यी कालजयी व्यक्ति थिए, जसले पुर्वीय दर्शनलाई चिरस्थायी बनाईदिए । पाणिनि, पिङ्गल र पतञ्जलिका पदचाप मात्रै पछ्याउने हो भने हाम्रो अस्तित्व सदा सदा उच्च रहन्छ ।

(गोदावरी साहित्य परिषद्का सल्लाहकार सञ्जेलको यो लेख साहित्यिक पत्रिका गोदावरीबाट साभार गरिएको हो ।)

तपाईसँग समसामयिक सन्दर्भमा कुनै लेख\रचना, समाचार, प्रेस नोटहरु, सल्लाह, सुझाव र प्रतिक्रिया भएमा [email protected] मा हामीलाई पठाउनुहोला । हामी सम्भव भएसम्म धन्यवादसहित प्रकाशन गर्नेछौं । सम्पादक

प्रतिक्रिया दिनुहोस्