Logo

निषेधाज्ञामा घर घर सामान पुर्याउदै रोलीङ बजार


१८ वैशाख ०७८, काठमाडौँ । निषेधाज्ञा छ । घरबाट निस्कन मिल्दैन । घरायसी सामानको जरुरी प¥यो । के गर्ने होला ?
यस्तो समस्या जो कोहीलाई पर्न सक्छ । यसको समाधान गर्न अनलाईन सपिङ्ग प्लेटफर्म रोलिङ्ग बजार अघि बढेको छ । रोलिङ्ग बजारका भईिस प्रेसिडेन्ट रोजेशमान श्रेष्ठले रोलिङ्ग बजारले स्वस्थको मन्त्रालयको निर्देशन अनुसार सम्पूर्ण स्वस्थको मापदण्ड पुरा गरि घर घर सेवालाई निरन्तरता दिने गरेको बताए ।
विश्वव्यापी महामारिको रुपमा फैलिएको कोरोनाको दोश्रो लहरको जोखिमलाई मध्यनजर गर्दै नेपाल सरकारद्वारा हाम्रो देशमा पनि अहिले निषेधाज्ञाको घोषणा गरिएको छ । यस कुरालाई मध्यनजर गर्दै नेपाली उत्पादनहरु अनलाईन प्लेटफर्मद्वारा बिक्रीवितरण गर्दै आइरहेको रोलिङ्ग बजारले निषेधाज्ञामाको समयमा पनि निरन्तरता दिदै आएको छ ।
‘नेपाली मन नेपाली उत्पादन’ नारा बोकी आगाडी बढेको रोलिङ्ग बजार अनलाईन सपिङ्ग प्लेटफर्म अहिले थुप्रै नेपालीहरु माझ आजकल लोकप्रिय छ । यो बजार नेपाली उद्यमीहरुको बजार हो । विशेषतः महिला,अपांगता र स्वदेशी फर्केर उद्यमी गर्नेहरु पर्दछन् । जसअन्तर्गत रोलिङ्ग बजारमा नुवाकोटको पोखरेली चामलदेखि धनुषाको काला नामक, मेलम्चीको बासमती, जुम्लाको दाल, इलामको गाईको घिऊ, सिन्धुलीको जुनारको जुसजस्ता देशभरका स्वदेशी उत्पादनहरु अनलाईन बाटै अडर गरि होम डेलिवेरी सेवा पाउन सकिन्छ ।
रोलिङ्ग बजारका भईिस प्रेसिडेन्ट रोजेश मान श्रेष्ठ भन्छन्,‘रोलिङ्ग बजार एउटा अनलाईन सपिङ्ग प्लाटफोर्म मात्र नभई थुप्रै नेपाली घरेलु उद्यमीहरु रोलिङ्ग बजारसंग आबद्ध छन्, उनीहरुको लागि प्रोत्साहन, बजार अनि रोजगारी पनि हो र साथ साथै देशको अर्थतन्त्र मा टेवा पुराउने अथक प्रयास पनि हो ।’

 

तपाईसँग समसामयिक सन्दर्भमा कुनै लेख\रचना, समाचार, प्रेस नोटहरु, सल्लाह, सुझाव र प्रतिक्रिया भएमा [email protected] मा हामीलाई पठाउनुहोला । हामी सम्भव भएसम्म धन्यवादसहित प्रकाशन गर्नेछौं । सम्पादक

प्रतिक्रिया दिनुहोस्