Logo

ललितपुरका सिडिओलाई कोरोना संक्रमण


२१ वैशाख ०७८, ललितपुर । ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलालाई कोरोना संक्रमण पुष्टि भएको छ।
उनले आफूलाई कोरोना संक्रमण पुष्टि भएको बताएका छन् । उनी अहिले आफ्नै निवासको आइसोलेसनमा बसिरहेका छन् ।
सामान्य खोकी लागेर पिसिआर परीक्षण गराउँदा कोरोना पुष्टि भएको हो ।
मंगलबार काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू बैठक बस्न लागेको छ।

निषेधाज्ञा एक साता लम्ब्याउन प्रजिअहरू बैठक बस्न लागेका हुन्। बैठकमा ललितपुरका सहायक प्रजिअ ललितकुमार बस्नेत सहभागी हुनेछन् ।

 

तपाईसँग समसामयिक सन्दर्भमा कुनै लेख\रचना, समाचार, प्रेस नोटहरु, सल्लाह, सुझाव र प्रतिक्रिया भएमा [email protected] मा हामीलाई पठाउनुहोला । हामी सम्भव भएसम्म धन्यवादसहित प्रकाशन गर्नेछौं । सम्पादक

प्रतिक्रिया दिनुहोस्