Logo

सुन्दरीजलमा एक पुरुष मृत अवस्थामा फेला

२८ वैशाख ०७८, काठमाडौं । काठमाडौंको कागेश्वरी नगरपालिका २ सुन्दरीजलमा एक पुरुष फेला परेका छन् ।
सुन्दरीजलमा डेरा गरी बस्ने उदयपुर चिलाउने गाउँपालिका २ घर भएका ४० वर्षीय सन्तोष शिवा सोही ठाउँस्थित चौरमा मंगलबार मृत अवस्थामा फेला परेका हुन् ।
काठमाडौं सानोभ¥याङ डेरा गरी बस्ने नुवाकोट बेलकोटगढी नगरपालिका ११ घर भएका ४८ वर्षीय आईते तामाङ मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
तारकेश्वर नगरपालिका ५ लोलाङ्ग हाईटसस्थित पाथीभरा अटोवर्कसपमा काम गर्ने उनी मर्मतको लागि राखिएको बसको क्याविनमा मृत फेला परेका हुन् ।
यस सम्बन्धमा प्रहरीले अनुसन्धान सुरु गरेको जानकारी दिएको छ ।

तपाईसँग समसामयिक सन्दर्भमा कुनै लेख\रचना, समाचार, प्रेस नोटहरु, सल्लाह, सुझाव र प्रतिक्रिया भएमा [email protected] मा हामीलाई पठाउनुहोला । हामी सम्भव भएसम्म धन्यवादसहित प्रकाशन गर्नेछौं । सम्पादक

प्रतिक्रिया दिनुहोस्