Logo

निषेधाज्ञामा वसन्तपुर : भकाएकाहरुको भीडलाई खाना खुवाउदै सहृदयी (भिडियो र तस्विरहरु)

ललितपुर खबर
५ जेठ ०७८, वसन्तपुर । बढ्दो कोरोना भाइरस र यसले श्रृजना गरेको निषेधाज्ञाका कारण राजधानीको जनजीवन झन् कष्टकर बन्दैछ ।
राजधानीका सडकमा अघिल्लो लकडाउनको समयमा झैं खाना पस्कनेहरु ज्यादै कम छन् । यस पल्ट धेरै ठाँउमा भोकाएकाहरुका लागि प्याक गरेर खाना दिने गरिएको छ ।


राजधानीको काठमाडौंको वसन्तपुर र टेकु परोपकार डल्लु पुललगायतका ठाँउमा भाका अलपत्र राजधानीबासीहरुका लागि खाने खुवाउने सहृदयी पुग्ने गरेका छन् ।
वसन्तपुरमा दिउँसोपख बन्दी सहायता नेपालले आमाको खाना व्यानर राखेर खुवाउने गरेको छ ।

तपाईसँग समसामयिक सन्दर्भमा कुनै लेख\रचना, समाचार, प्रेस नोटहरु, सल्लाह, सुझाव र प्रतिक्रिया भएमा [email protected] मा हामीलाई पठाउनुहोला । हामी सम्भव भएसम्म धन्यवादसहित प्रकाशन गर्नेछौं । सम्पादक

प्रतिक्रिया दिनुहोस्