Logo

कोरोना माहामारीमा गायक शाहलाई अवार्ड


११ जेठ ०७८, ललितपुर । गायक बिक्रम जङ्ग शाह कोरोना हिरो अवार्ड २०२१ बाट सम्मानित भएका छन् । शाह राष्ट्रिय संगितकर्मी संघका महासचिव तथा विपत्त व्यवस्थापन समिति संयोजक एवम् फिल्म निर्माता समेत हुन् ।
शाहलाई अमेरिकामा रहेको हामी नेपाली ग्लोवल नामक अन्तर्राष्ट्रिय संस्थाले सम्मानित गरेको हो । यो परिस्थितिमा आफ्नो जिवनलाई समेत खुकुरी धारमा राखेर सामाजिक सेवा भावले ओतप्रोत शाह गत बर्ष पनि कोभिड हिरो अवार्ड २०२० बाट सम्मानित भएका थिए । हामी नेपाली ग्लोवल नामक अन्तर्राष्ट्रिय संस्था र कलाकर्मीहरुको छाता संगठन राष्ट्रिय संगितकर्मी संघको सहकार्य मा बिगत १६ दिन देखि निरन्तर रुपमा राहत तथा सहयोगका माध्यमबाट मानव सेवा मा सक्रिय थिए ।
सहयोग तथा रात वितरणका क्रममा काठमाडौ ,भक्तपुर ,ललितपुर ,रामेछाप ,सिन्धुपाल्चोक लगायतका जिल्लाहरुमा रहेका कलाकार ,असहाय,जेष्ठ नागरिक,सुरक्षाकर्मी,स्वास्थ्यकर्मी,बेसहारा,बालबालिका,अपांगता भएका व्यक्तिहरुलाई रोजगारी गुमाएका विभिन्न व्यक्तिहरुलाई सहयोग गर्दै आईरहेको छ ।
राष्ट्रिय संगितकर्मी संघ सङ्ग सहकार्य गरेर काम गर्ने पाएकोमा आफु हर्षित भएको कुरा नेपाली ग्लोवल का अध्यक्ष तथा नायक अमृत लामाले बताए ।
अहिले विश्व महामारी रुपमा रहेको कोरोना भाईरस (कोबिड १९) को दोस्रो भेरियन्टको संक्रमण बढ्दै गएका कारणले नेपाल सरकार बाट जारि लक डाउन (निषेधाज्ञा )का कारण आम नेपाली नागरिकहरु समस्यामा परेको छन् ।

 

 

 

तपाईसँग समसामयिक सन्दर्भमा कुनै लेख\रचना, समाचार, प्रेस नोटहरु, सल्लाह, सुझाव र प्रतिक्रिया भएमा [email protected] मा हामीलाई पठाउनुहोला । हामी सम्भव भएसम्म धन्यवादसहित प्रकाशन गर्नेछौं । सम्पादक

प्रतिक्रिया दिनुहोस्