Logo

 काठमाडौंको बौद्धमा मानिसको खुट्टा फेला

२५ जेठ ०७८, काठमाडौँ, (रासस)  । काठमाडौँ महानगरपालिका ६ बौद्धको नयाँबस्ती नजिक फोहोर फाल्ने गरेको जग्गामा मानिसको घुँडाभन्दा मुनिको भाग फेला परेको छ । यस घटनाको विषयमा विस्तृत विवरण खुलिसकेको छैन ।

प्रहरी प्रधान कार्यालयका अनुसार स्थानीयले दिएको सूचनाका आधारमा प्रहरी टोलीले बोरामा हालेको अवस्थामा मानिसको खुट्टा फेला पारेको हो ।

यस घटनामा महानगरीय प्रहरी परिसर टेकुका प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहको नेतृत्वमा गएको प्रहरी टोलीले अनुसन्धान थालेको छ । अनुसन्धानमा परिसर सँगै प्रहरी वृत्त बौद्ध र महानगरीय अपराध महाशाखाको टोलीसमेत संलग्न छ ।

काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिका २ आलापोट बस्ने ५२ वर्षीया वैष्णवी फुँयाल मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । मृत्युको कारण नखुलेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईसँग समसामयिक सन्दर्भमा कुनै लेख\रचना, समाचार, प्रेस नोटहरु, सल्लाह, सुझाव र प्रतिक्रिया भएमा [email protected] मा हामीलाई पठाउनुहोला । हामी सम्भव भएसम्म धन्यवादसहित प्रकाशन गर्नेछौं । सम्पादक

प्रतिक्रिया दिनुहोस्