Logo

काठमाडौंको लगनमा निषेधाज्ञाको समयमा दिउँसै चोरी

©lalitpurkhabar.comshyam phuyal

२५ जेठ ०७८, काठमाडौं । काठमाडौं महानगरको लगनमा निषेधाज्ञाको समयमा दिउँसै चोरी भएको छ ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका २१ लगनस्थित जमुना गुभाजु मार्ग डेरा गरी बस्ने मकवानपुर थाहा नगरपालिका ९ चित्लाङ घर भएकी ५० वर्षीया सिता बलामीको कोठाबाट चोरी भएको हो । उनको कोठाबाट सुन र चाँदीका विभिन्न गहना, बैंकको चेकबुक, नगद २० हजार रुपैयाँ र अन्य कागजातहरु समेत गरी करिब ३ लाख ६ हजार रुपैयाँ बराबरको धनमाल सोमबार दिउँसो चोरी भएको छ ।
चोरीमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।

तपाईसँग समसामयिक सन्दर्भमा कुनै लेख\रचना, समाचार, प्रेस नोटहरु, सल्लाह, सुझाव र प्रतिक्रिया भएमा [email protected] मा हामीलाई पठाउनुहोला । हामी सम्भव भएसम्म धन्यवादसहित प्रकाशन गर्नेछौं । सम्पादक

प्रतिक्रिया दिनुहोस्