Logo

अर्को विवाह गरेर भाग्ने अभियुक्त पक्राउ

©lalitpurkhabar.comshyam phuyal

२५ जेठ ०७८, बर्दिया । बहुबिवाह मुद्दापछि भागेका अभियुक्त ३५ वर्षीय टिकाराम बिकलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । उनी प्रतिवारी बढैयाताल गाउँपालिका ८ पहाडीपुरका बासिन्दालाई जिल्ला अदालत पर्वतको २०७४ असार १ गतेको फैसलाले बहुबिवाह मुद्दामा ११ महिना १० दिन कैद र ५ हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई ईलाका प्रहरी कार्यालय मैनापोखरी बर्दियाबाट खटिएको प्रहरीले उनकै घरमा लुकीछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
उनलाई आवश्यक कारबाहीको लागि जिल्ला अदालत बर्दीयामा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

 

तपाईसँग समसामयिक सन्दर्भमा कुनै लेख\रचना, समाचार, प्रेस नोटहरु, सल्लाह, सुझाव र प्रतिक्रिया भएमा [email protected] मा हामीलाई पठाउनुहोला । हामी सम्भव भएसम्म धन्यवादसहित प्रकाशन गर्नेछौं । सम्पादक

प्रतिक्रिया दिनुहोस्