Logo

मिर्मिरे लघुवित्तले एफपीओ निष्काशन गर्ने

२६ जेठ ०७८, काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले सर्वसाधारण शेयरमा प्रिमियम थप गरी थप सार्वजनिक निष्काशन (एफपीओ) निष्काशन गर्ने भएको छ । लघुवित्तले प्रतिशेयर १०० रुपैयाँ अंकित दरका ५१ हजार ३१६ कित्ता एफपीओ निष्काशन गर्ने भएको छ ।

लघुवित्तले एफपीओ निष्काशन गर्न नेपाल एसविआई मर्चेण्ट बैकिंङ्गलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । लघुवित्त र मर्चेण्ट बैकिङ्गबीच जेठ २३ गते सम्झौता भएको हो ।

 

तपाईसँग समसामयिक सन्दर्भमा कुनै लेख\रचना, समाचार, प्रेस नोटहरु, सल्लाह, सुझाव र प्रतिक्रिया भएमा [email protected] मा हामीलाई पठाउनुहोला । हामी सम्भव भएसम्म धन्यवादसहित प्रकाशन गर्नेछौं । सम्पादक

प्रतिक्रिया दिनुहोस्