Logo

पोथी फकाउन धापाखेलमा चराको बस्ती (तस्विर)


२६ जेष्ठ ०७८, धापाखेल ललितपुर । आजकल ललितपुरको धापाखेलको बाँस घारीमा तोप चारा गुँड बनाउन व्यस्त छन् । यो प्रजननको सिजनमा तोप चरा विभिन्न ठाउँबाट काठमाडौँ आउने गर्दछन् । अनि भालेले पोथी फकाउन निकै मेहनतले गुँड बनाउँछन । राम्रो गुँड बनाएर भालेहरु आफ्नो घर बसाउछन् ।


गुँड बनाउने आकर्षक कलाले गर्दा तोप चरालाई इन्जिनियर चरा पनि भनिन्छ ।
यो तस्वीर राष्ट्रिय समाचार समितीका लागि फोटोपत्रकार प्रदीपराज वन्तले खिचेका हुन् ।

तपाईसँग समसामयिक सन्दर्भमा कुनै लेख\रचना, समाचार, प्रेस नोटहरु, सल्लाह, सुझाव र प्रतिक्रिया भएमा [email protected] मा हामीलाई पठाउनुहोला । हामी सम्भव भएसम्म धन्यवादसहित प्रकाशन गर्नेछौं । सम्पादक

प्रतिक्रिया दिनुहोस्