Logo

सुनको भाउ घट्याे

२७ जेठ ०७८, काठमाडौं । सुनको भाउ आज घटेको छ । तोलाको तीन सय रुपैयाँ घटेको सुनको भाउ आज ९३ हजार नौ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

सुन बुधबार तोलाको ९४ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै चाँदी तोलाको पाँच रुपैयाँ बढेको छ । बुधबार तोलाको १३ सय ५० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज १३ सय ५५ रुपैयाँ तोकिएको छ ।

तपाईसँग समसामयिक सन्दर्भमा कुनै लेख\रचना, समाचार, प्रेस नोटहरु, सल्लाह, सुझाव र प्रतिक्रिया भएमा [email protected] मा हामीलाई पठाउनुहोला । हामी सम्भव भएसम्म धन्यवादसहित प्रकाशन गर्नेछौं । सम्पादक

प्रतिक्रिया दिनुहोस्