Logo

ललितपुरकी कलाकार निशाको परिवारलाई कलाकारहरुद्वारा सहयोग

२९ जेठ ०७८, ललितपुर । नर्भिक अस्पतालमा उपचाररत ललितपुर कालेश्वरकी कलाकार निशा घिमिरेको परिबारलाई अभिनेत्रीद्वारा करिष्मा मानन्धरलगायत कलाकारहरु ललितपुर बुङमती पुगेर सहयोग हस्तान्तर गरेको छ । अभिनेत्री करिष्मा मानन्धरले“ कलाकारलाई कलाकारको साथ” भन्ने आव्हानका साथ उपचाररत निशाका पिता प्रेम प्रसाद घिमिरेलाई रु.पचिस हजार) नगद सहयोग प्रदान गरेकी छिन् ।
नेपाल चलचित्र कलाकार संघको समन्वयमा शनिबार संघका बरिष्ठ उपाध्यक्ष रेजिना उप्रेती,संघका प्रबक्ता तथा उपाध्यक्ष मोहन निरौला,निर्देशक तथा संचारकर्मी संझना उप्रेती रौनियार,बरिष्ठ फोटोग्राफर विकाश रौनियार र स्थानिय बाशिन्दा रत्न तामांङको उपस्थितिमा बिशिष्ट अभिनेत्री करिष्मा मानन्धरले यो सहयोग सहयोग रकम हस्तान्तरण गरेकी हुन् ।
बरिष्ठ उपाध्यक्ष रेजिना उप्रेतीले आफ्नो तर्फबाट रू दशहजार,हाल अमेरिकामा रहेकी अभिनेत्री उषा पौडेलले पठाएको रू बाईस हजार, र अमेरिकामा रहेका प्रकाश थापाले पठाएको रू. दशहजार रकम बरिष्ठ अभिनेत्री रेजिना उप्रेतीले अभिनेत्री निशाका पिता प्रेम प्रसाद घिमिरेलाई प्रदान गरिन् ।
कलाकारको अबस्थालाई मनन गरेर निशुल्क उपचारको व्यबस्था गरेकोमा नर्भिक अस्पतालका संस्थापक तथा साहित्यकार , समाजसेवी बशन्त चौधरी र निर्देशक मेघा चौधरीप्रति आभार व्यक्त गर्दै धन्यबाद दिएका छन् ।
सबैको साथ सहयोग र शुभेच्छाले अभिनेत्री निशा घिमिरेको स्वास्थ्यमा सुधार आउने संघले विश्वास लिएको विज्ञप्ती मार्फत जानकारी दिएको छ । विज्ञप्तीमा भनिएको छ, ‘संघ सधै कलाकारको साथमा छ’।

 

तपाईसँग समसामयिक सन्दर्भमा कुनै लेख\रचना, समाचार, प्रेस नोटहरु, सल्लाह, सुझाव र प्रतिक्रिया भएमा [email protected] मा हामीलाई पठाउनुहोला । हामी सम्भव भएसम्म धन्यवादसहित प्रकाशन गर्नेछौं । सम्पादक

प्रतिक्रिया दिनुहोस्