Logo

वनेपामा मोटरसाइल दुर्घटना, एकको मृत्यु

फाइल तस्विर : ललितपुर खबर

३१ जेठ ०७८, काठमाडौं । काभ्रेको बनेपामा मोटरसाइकल दुर्घटनापछि एक युवकको मृत्यु भएको छ । प्रहरीका अनुसार काभ्रेस्थित बनेपा २ कलममसीस्थित सडकमा बा.२२ प ९९८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब ५ मिटर तल खसेर आइतबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका २ बस्ने सर्लाही लालबन्दी घर भएका २८ वर्षीय राज मगरको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

 

तपाईसँग समसामयिक सन्दर्भमा कुनै लेख\रचना, समाचार, प्रेस नोटहरु, सल्लाह, सुझाव र प्रतिक्रिया भएमा [email protected] मा हामीलाई पठाउनुहोला । हामी सम्भव भएसम्म धन्यवादसहित प्रकाशन गर्नेछौं । सम्पादक

प्रतिक्रिया दिनुहोस्