Logo

वसुन्धाराको सिलाई उद्योगमा आगलागी, डेढ करोडको क्षति


१ असार ०७८, काठमाडौं । काठमाडौंको बसुन्धारामा एक सिलाई उद्योगमा आगलागी हुँदा डेढ करोड बराबरको सरसामान जलेर नष्ट भएको छ । प्रहरीका अनुसार काठमाडौं महानगरपालिका ३ बसुन्धारास्थित बुढानिलकण्ठ नगरपालिका १० बालुवाखानी घर भएका ४३ वर्षीय चन्द्र कटुवालको जानकी सिलाई उद्योगमा करेन्ट सर्ट भई आगलागस्ी भएको हो ।  राति गलागी हुँदा उद्योग रहेको टहरो, ३० थान कपडा सिलाउने मेशिन, १ थान जेनेरेटर, ३ थान ग्याँस सिलिन्डर र स्टक कपडा समेत जलेर करिब १ करोड ५० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
आगलागीको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले दमकल र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिई एको थियो । आगलागी सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

तपाईसँग समसामयिक सन्दर्भमा कुनै लेख\रचना, समाचार, प्रेस नोटहरु, सल्लाह, सुझाव र प्रतिक्रिया भएमा [email protected] मा हामीलाई पठाउनुहोला । हामी सम्भव भएसम्म धन्यवादसहित प्रकाशन गर्नेछौं । सम्पादक

प्रतिक्रिया दिनुहोस्