Logo

ललितपुर कालेश्वरका कवि दाहालको कविता उत्कृष्ट


१९ असार ०७८, ललितपुर । सुनगाभा साहित्य सदनले आयोजना गरेको जिल्लाव्यापी कविता प्रतियोगितामा ललितपुर कालेश्वरका कवि नारायणप्रसाद दाहालको उत्कृष्ट हुन सफल भएको छन् ।
दक्षिण ललितपुरको माहाँकाल गाँउपालिकामा सक्रिय साहित्य सदनले आफ्नो १५औं वार्षिकोत्सवको सन्र्दभमा आयोजना गरेको कविता प्रतियोगितामा कालेश्वरका नारायण प्र दाहाल प्रथम, झरुवाराशीकी सदा निहारिका दोश्रो पाटनका शेखर अर्याल तेश्रो र कालेश्वरकै राजु घिमिरेले सान्त्वना पुरस्कार जित्न सफल भएका छन् ।
प्रतियोगितामा प्राप्त कविताहरुमध्यबाट उत्कृष्ट १० जनामा कुमार शर्मा, कृष्ण दाहाल, सिकारु राम, राजन हुमागाई, शेखर अर्याल,बुद्धराम थिङ्ग,राजु घिमिरे,सदा निहारिका,कमल तिमल्सिना,नारायणप्रसाद दाहाल छनौट भएका थिए । यी कवितालाई भर्चुअल माध्यमबाट वाचनपछि प्रतियोगीहरुमध्यबाट नतिजा निकालिएको हो ।
शनिबार आयोजित अचुअल कार्यक्रममा सहभागी निर्णायकहरुमा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ देवि नेपाल, विज्ञ प्राडा कृष्णप्रसाद दाहाल र कवि रत्नविरही घिमिरेको निर्णायक मण्डलले निर्णय सुनाएको थियो । माहाकाल गाँउपालिकाका अध्यक्ष रामचन्द्र घिमिरेले गाँउपालिकाले सुनगाभा साहित्यिक सदनमार्फत यस क्षेत्रको भाषा साहित्यको क्षेत्रको विकाशमा पालिका अघि बढ्न लागेको जानकारी दिएका थिए । उनले भने, ‘हामीले यसै आउँदो आथिृक वर्षका लागि बजेट समेट विनियोजन गरेका छौं ।’
सुनगाभा साहित्यिक सदनले विशेष कार्यक्रम आयोजना गरेर विजेता श्रष्टाहरुलाई पुरुस्कार हस्तान्तरण गर्ने जानकारी दिएको छ ।

तपाईसँग समसामयिक सन्दर्भमा कुनै लेख\रचना, समाचार, प्रेस नोटहरु, सल्लाह, सुझाव र प्रतिक्रिया भएमा [email protected] मा हामीलाई पठाउनुहोला । हामी सम्भव भएसम्म धन्यवादसहित प्रकाशन गर्नेछौं । सम्पादक

प्रतिक्रिया दिनुहोस्