Logo

ललितपुर लगनखेलबाट मोटरसाइकल चोरेर लैजाने परियार रंगेहात पक्राउ


५ साउन ०७८, ललितपुर । लगनखेलबाट मोटरसाइकल चोरेर लैजादै गर्दा परियार पक्राउ ललितपुरको लगनखेलबाट मोटरसाइकल चोरेर लैजादै गरेको अवस्थामा एक युवक पक्राउ परेका छन् ।
ललितपुर प्रहरीका अनुसार मंगलबार राती १ बजेर १० मिनेटमा राती ललितपुर महानगर १९ स्थित लगनखेल ईटिचोकनजिकै रिकी खड्गीले आफ्नो घरको कम्पाण्डमा पार्क गरिराखेको बा ५० प २९४ नम्बरको एफ जेड मोटरसाइकल चोरी गरेर लैजादै गरेको पक्राउ परेका हो । चोरी गरी लैजाने उदयपुर गाईघाट घर भई ललितपुर १० कोपण्डोल बस्ने २० वर्षका निश्चल परियारलाई मोटरसाइकलसहित पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
परियारलाई जिल्ला अदालत ललितपुरबाट ७ दिनको थुनुवा म्याद लिएर ललितपुर प्रहरीले अनुसन्धान गरिरहेको ललितपुर प्रहरी प्रवक्ता प्रज्वल महर्जनले जानकारी दिएका छन ।

तपाईसँग समसामयिक सन्दर्भमा कुनै लेख\रचना, समाचार, प्रेस नोटहरु, सल्लाह, सुझाव र प्रतिक्रिया भएमा [email protected] मा हामीलाई पठाउनुहोला । हामी सम्भव भएसम्म धन्यवादसहित प्रकाशन गर्नेछौं । सम्पादक

प्रतिक्रिया दिनुहोस्