Logo

सिद्धिपुरमा सञ्चालित सविता कपडा उद्योगको क्षमता विस्तार


५ साउन ०७८, सिद्धिपुर । ललितपुरको महालक्ष्मी नगरपालिकास्थित सिद्धीपुरमा संचालित सविता कपडा उद्योगले क्षमता विस्तार गरेको छ । विस्तारित घरेलु कपडा उद्योगको मंगलबार राष्टिय सभा उपाध्यक्ष शशीकला दाहालले उद्घाटन गर्दै महिला सशक्तिकरणका लागि महिला उद्यमशिलतामा जोड दिएकी छिन् । उनले उद्योगलाई अझै विस्तार गर्दै स्थानीय गरिब तथा विपन्न महिलालाई रोजगारी प्रदान गर्न आग्रह गरिन् । महालक्ष्मी नगरपालिका मेयर रामेश्वर श्रेष्ठले महिला उद्यमशिलता प्रवद्र्धन गर्न नगरपालिकाले आवश्यक तालिमका साथै वित्तीय व्यवस्थापनका लागि सहजीकरण गर्दै आएको बताए ।


नेपाल हस्तकला महासंघका वरिष्ठ उपाध्यक्ष प्रचण्ड शाक्यले महासंघले पनि महिला उद्यमशिलता प्रवद्र्धनका लागि आवश्यक सहजीकरण गर्र्दै आएको बताए । कपडा उद्योगकी सञ्चालक सविता सिंहले २० वर्षअघि पाँच जना कामदारबाट सुरुवात गरिएको उद्योगले हाल १६ देखि २० जनालाइ रोजगारी प्रदान गर्दै आएको बताइन् । आगामी पाँच वर्षमा उत्पादित वस्तुको निर्यात बढाएर तेव्वर पु¥याउने, रोजगारीे संख्यात्मक रुपमा वृद्धि गर्ने, स्थानीयस्तरमा उपलव्ध कच्चा पदार्थको अधिकतम प्रयोग गर्ने, नेपालीपन झल्किाने नवोदित वस्तु डिजाइनको विकास गर्ने, नयाँ पुस्ता, महिला तथा ग्रामीण विपन्न समूहलाई सीप र प्रविधि हस्तान्तरण गर्दै जाने उद्देश्य रहेको उनले बताइन् ।


सविता कपडा उद्योगबाट उत्पादित वस्तु स्वदेशका साथै विदेशमासमेत निर्यात हुँदै आएको छ । सिंहले हालसम्म चीन, मलेसिया, सिंगापुर, भारत, भुटान, वंगालादेश र लण्डनमा भएका अन्तराष्टिय मेलामा सहभागिता समेत सहभागीता जनाउदै आएको छ । सञ्चालक सविताले गत आर्थिक वर्ष २०७७ ।०७८ मा वागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले राष्टपति महिला उद्यमशिलता विकास, वित्तीय पहुँच, टेवा र प्रविधि सहयोग कार्यक्रमअन्तर्गत प्रविधिमा दुइ लाख रुपैयाँ अनुदान प्राप्त गरेको जानकारी दिइन् । अनुदान रकम सानो भएपनि सरकारबाट प्राप्त अनुदानले थप उर्जा मिलेको उनको भनाई थियो । कार्यक्रममा वागमती प्रदेशका सांसद माधवप्रसाद पौडेल, महिला, वालवालिका तथा जेष्ठ नागरिक मन्त्रालयकी सहसचिव रोशनी श्रेष्ठ, महालक्ष्मी नगरपालिका ६ का वडाध्यक्ष वासुदेव महर्जनलगायतले महिला उद्यमशिलतामा जोड दिदै आफ्नो धारणा राखेका थिए ।

तपाईसँग समसामयिक सन्दर्भमा कुनै लेख\रचना, समाचार, प्रेस नोटहरु, सल्लाह, सुझाव र प्रतिक्रिया भएमा [email protected] मा हामीलाई पठाउनुहोला । हामी सम्भव भएसम्म धन्यवादसहित प्रकाशन गर्नेछौं । सम्पादक

प्रतिक्रिया दिनुहोस्