Logo

भट्टेडाँडाको भीरबाट लडेर बजगाँईको मृत्यु


ललितपुर खबर
६ साउन ०७८, ललितपुर । ललितपुरको भट्टेडाँडामा घाँस काट्न जाँदा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार वागमती गाँउपालिका ३ झाँक्रिडाँडाको भीरबाट घाँस काट्न गएका रामहरि भन्ने पदमनाथ बजगाँईको मत्यु भएको हो ।
बजगाँई केदार दुलालसँग घाँस काट्न जाँदा भीरबाट लडेको स्थानीय प्रकाश दुलालले ललितपुर खबरलाई बताए । उनका अनुसार बजगाईको मंगलबार नै दाहसंसकार भइसकेको छ । उनी भट्टेडाँडा काल्चे सिउरानीका स्थायी बासिन्दा हुन् । झाक्रिडाँडामा अस्थायी रुपमा वागमती गाँउपालिकाकी उपाध्यध्यक्ष रञ्जना घिमिरे तिमल्सिनाको जग्गा भाडामा लिएर बस्दै आएका सही केसीले बताए ।
विहान ७ बजेको घटना रहेको घटेको भट्टेडाँडा प्रहरी चौकीका सही श्यामकृष्ण केसीले जानकारी दिए । सही केसीले अवितव्यको रुपमा घटेको र्दुघटनाको कुनै विवाद नरहेको र स्थानीयले दाहसस्कार गरेको बताए ।

यसै गाँउमा केही बर्षभित्र ५ जनाको भीरबाट लडेर मृत्यु भइसकेको छ ।

तपाईसँग समसामयिक सन्दर्भमा कुनै लेख\रचना, समाचार, प्रेस नोटहरु, सल्लाह, सुझाव र प्रतिक्रिया भएमा [email protected] मा हामीलाई पठाउनुहोला । हामी सम्भव भएसम्म धन्यवादसहित प्रकाशन गर्नेछौं । सम्पादक

प्रतिक्रिया दिनुहोस्