Logo

बुधबार र्कितिपुरको पाँगाबाट ५ जना पक्राउ

साँकेतिक तस्विर : इन्टरनेट

६ साउन ०७८, काठमाडौं । प्रहरीले र्कितिपुरको पाँगाबाट ५ जनालाई पक्राउ गरेर लगेको छ । प्रहरीका अनुसार उनीहरुलाई कीर्तिपुर नगरपालिका ५ पांगा बस्ने रमेश महर्जनको टहरोमा जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेर लगेको हो ।
किर्तिपुर बस्ने ४५ वर्षीय रामशरण महर्जनलगायत ५ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । यस स्थानमा जुवातास खेलिरहेको सुराक पाएपछि महानगरीय प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ५० हजार १ सय १० रुपैयाँ र ६ बुक तास सहित फेला पारी पक्राउ गरेको थियो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

 

तपाईसँग समसामयिक सन्दर्भमा कुनै लेख\रचना, समाचार, प्रेस नोटहरु, सल्लाह, सुझाव र प्रतिक्रिया भएमा [email protected] मा हामीलाई पठाउनुहोला । हामी सम्भव भएसम्म धन्यवादसहित प्रकाशन गर्नेछौं । सम्पादक

प्रतिक्रिया दिनुहोस्