Logo

काठमाडौंको बौद्धबाट कस्तुरीको विनासहित पक्राउ


६ साउन ०७८, काठमाडौं । काठमाडौंको बौद्ध बाट कस्तुरीको बीना सहित एक जना पत्राउ परेका छन् ।
प््रहरीका अनुसार काठमाडौं महानगरपालिका ६ बौद्धस्तुपाबाट १ थान कस्तुरीको विना सहित काठमाडौं महानगरपालिका ६ तिनचुली चोक बस्ने ताप्लेजुङ ओलाङचुङ गोला फात्लालुङ गाउँपालिका ७ घर भएका ३५ वर्षीय पेम्बा छिरिङ शेर्पालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनलाई विना सहित फेला पारी पक्राउ गरेको थियो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

 

तपाईसँग समसामयिक सन्दर्भमा कुनै लेख\रचना, समाचार, प्रेस नोटहरु, सल्लाह, सुझाव र प्रतिक्रिया भएमा [email protected] मा हामीलाई पठाउनुहोला । हामी सम्भव भएसम्म धन्यवादसहित प्रकाशन गर्नेछौं । सम्पादक

प्रतिक्रिया दिनुहोस्