Logo

गोदावरी नगरपरिसरमा शिक्षकको रिले अनसन


-ललितपुर खबर संवाददाता-
१५ साउन ०७८, गोदावरी। नेपाल शिक्षक महासंघले गोदावरी नगरपालिका शिक्षा शाखा परिसरमा अनसन कार्यक्रम सुरू भएको छ । शिक्षकहरूसँग भएको ३४ बुँदे माग पूरा गर्न माग गर्दै रिले अनसन सुरू गरिएको हो ।
महासंघले देशभरका पालिकामा रिले अनसन भइरहेको छ । विनोद खड्का,रमा चालिसे र केशव घिमिरे रिले अनसनमा बसिरहेका छन् । शुक्रबार शिक्षा विभाग घेराउको कार्यक्रम राखिएको छ भने लगत्तै शनिबार बालुवाटार घेराउ कार्यक्रम राखिएको छ ।
नेपाल शिक्षक संगठन गोदावरी नगर अध्यक्ष सानुदास नापितले दवाव लागि अनसन सुरू गरेको र केन्द्रले माग पूरा गर्ने विश्वास व्यत्त गरे ।

प्रतिक्रिया दिनुहोस्