Logo

बहुमूल्य ग्रन्ध भन्दै झुक्याएर पैसा लिने २ जना पक्राउ


१५ साउन ०७८,काठमाडौं । वौद्ध धर्मको प्राचिन पुरातात्विक बहुमूल्य ग्रन्ध हो भन्दै प्रलोभनमा पारी ठगी गरेको अभियोगमा २ जनालाई बिहीबार काठमाडौं महानगरपालिका २२ न्यूरोडबाट प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका ३० मैतीदेवी सप्तरी राजविराज नगरपालिका ३ घर भएका ४७ वर्षीय प्रशान्त प्रताप सिंह र काठमाडौं महानगरपालिका ८ मृगस्थली दाङ शान्तिनगर गाउँपालिका ४ घर भएका ६५ वर्षीय छन्त्याल भन्ने पूर्ण बहादुर मगर रहेका छन् ।
उनीहरुले २ जना पीडितलाई ४ करोड पर्ने पुरातात्त्विक महत्त्वको धार्मिक पुस्तक खरिद गर्न लागेकोमा पैसा नपुगेकोले पुस्तक विश्वासका लागि बन्धकी स्वरुप राखी केही रकम दिनुहोस भनी विश्वासमा पारी पीडितसँग नगद १५ लाख ५ हजार रुपैयाँ ठगी गरेको भन्ने जाहेरीको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले ठगी कार्यमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरुलाई थप अनुसन्धान तथा कारवाहीको लागि महानगरीय प्रहरी परिसर टेकु काठमाडौं पठाइएको महाशाखाले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्