Logo

‘गायकहरुले रोयल्टीको पैसा पाएकै छैनन्’

निशा देशार, नेपाली गजल संगीतकी चर्चित गायिका हुन् । ‘तिम्रो मेरो चर्चा चल्छ’ र ‘जमाना खराव छ’ जस्ता लोकप्रिय गजलकी गायिका निशाका ४ सयभन्दा धेरै गीतहरु नेपाली संगीत बजारमा आइसकेका छन् । लोक संगीत र भजन र नेपाल भाषाको गीत संगीतमा उत्तिकै दख्खल राख्ने निशासँग उनको संगीत जीवनका उतारचडावका बारे हामीले भिडियो संवाद गरेका छौं । यही भिडियो संवादका सम्पादित अंश :

तपाईको साँगेतिक यात्रा कसरी सुरु भयो ?
घरमा साँगेतिक वातावरण थियो । मेरो काका गायक तथा संगीतकार हुनुहुन्थ्यो, प्रेमबहादुर देशार । उहाँले रेडियो नेपालमा भजन,आधुनिक र लोक गीतहरु रेकर्ड गराउनु भएको थियो । उहाँ गीत गाउनु हुन्थ्यो । घरमा माहोल संगीतमय हुन्थ्यो । वाजे डाफा, भजन मण्डलहरुमा गाँउने, घरमा संगीत सिकाउनु हुन्थ्यो । यसरी नै मेरो रुचि गीत संगीततर्फ बढ्दै गयो, बच्चेदेखि । २०५८ सालबाट मैले काठमाडौंको जमलमा डोरेमे संगीत स्कूलमा संगीत सिके । त्यसपछि मैले त्यही बेला नेपाल भाषा र नेपाली गजल रेकर्ड गराए ।
त्यो बेलाको साँगेतिक वातावरण कस्तो थियो ?
वाल्यकालमै मैले धेरै संगीत सिक्ने बुझ्ने अवसर त पाइन । म ७\८ बर्ष हुँदा काका वित्नुभयो । संगीतको वातावरण भएको घरमा निराशापन धेरै बर्ष भयो । त्यसपछि संगीत सिक्ने वातारण भएन । १५\१६ बर्ष भएपछि म रेडियोमा आउने कार्यक्रममा फोन गरेर साँगेतिक कार्यक्रमहरुमा लाइभ गीत गाउन थाले ।
त्यसबेला तपाईलाई संगीतका शिक्षकले कसरी गीत संगीत सिकाउथे ?
मैले मेरो संगीतका पहिलो गुरु मेरो काका पे्रम बहादुर देशारलाई नै मान्छु । उहाँसँग मैले सारेगम सिकेको हुँ । औपचारिक संगीत सिकेको गुरुहरु भानुभक्त ढकाल, गुरुदेव कामत,रविनदास श्रेष्ठ र इश्वर अमात्य सिकेको हुँ । त्यसबेला संगीत सिक्ने वातावरण अहिले भन्दा भिन्न थियो । संगै बसेर यो गर त्यो गर यसरी उच्चरण भनेर सिकाउनु हुन्थ्यो ।
संगीत जीवनका संर्घणका दिनहरु कसरी सम्झनु हुन्छ ?
म चापागाँउ बस्थे । यहाँबाट जमलसम्म जान आउन चार घण्टा लाग्थ्यो । एक घण्टाको संगीत सिक्न चार घण्टा खर्च हुन्थ्यो । गीत संगीत सिक्न जाँदा त्यस बेला मेरो दिनै वित्थ्यो । अरु केही काम गर्न पाउदैन थिए ।
तर पनि मलाई रमाइलो लाग्थ्यो । गुरुहरुसँग बसेर गीत गाउन पाउने, आफूलाई राम्रो लाग्ने गीतहरु सुनाउन पाउने,विभिन्न रेकडिङ स्टुडियोहरु भिजिट गर्न पाउने, भ्वाइस टेष्ट दिन रेडियो नेपाल जान पाउदा मलाई रमाइलो लाग्थ्यो । संर्घषमा पनि रमाइलो थियो । त्यो सम्झदा मैले धेरै दुः ख पाए जस्तो लाग्दैन ।
पहिलो गीत गाउदा त्यसबेलाका संर्घष कस्ता थिए ?
मैले पहिलो गीत गाँउदा ताका क्यासेट चक्काको चलन थियो । त्यसपछि सिडि आयो । सिडि बनाउन धेरै खर्च लाग्थ्यो । पाइरेसी भएन भने खर्च उठ्थ्यो । लगानी भएको सबै पैसा नउठे पनि रमाइलो पनि लाग्थ्यो ।
तपाईका सफल गीतहरु कस्ता थिए ?


२०६७ सालमा मेरा गजलहरु निस्के । त्यसपछि मेरा ती गजलहरु चल्यो । मेरा भजन,नेपाल भाषा,आधुनिकलगायत ४ सय गीतहरु रेकर्ड भए । मैले वाह वाह पाएको गीतहरु गजल नै हो । मलाई धेरैले मेरो स्वरलाई गजल सुवाएको,गजललाई न्याय गर्न सकेको भनेर प्रतिकृया पाएको छु । धेरै दर्शक श्रोताले गजल नै मन पराई दिनु भएको छ । गजलले नै मलाई स्थापित गराएको छ ।
तपाईको गीतहरुमा कस्ता किसिमका विविधता छन् ?
समय अनुसार चल्नु पर्ने रहेछ । त्यो कुरा मैले पुरा गर्न सकिरहेको छैन । पछिल्लो समयमा सामाजिक सञ्जालहरु प्रयोग गरेर नयाँ नयाँ गायकहरुले राम्रो गरिरहनु भएको छ । मैले युटयुव च्यानल निशा देशार खोलेर राख्न मिल्ने गीतहरु राखेको छु । विस्तारै यस क्षेत्रमा अघि बढ्ने सोच बनाइरहेको छु ।
यो सन्दर्भमा कोरोना माहामारीमा तपाईको करिअरमा असर परेको हो ?
कोरोनाले मलाई र संगीत क्षेत्रलाईसँगै मात्र असर पारेको छैन सबैलाई असर परेको छ । यो दुई बर्ष धेरै गाह्रो भयो । विस्तारै कार्यक्रमहरु हुन थालेको छ । रेकर्डिङ पनि भइरहेको छ । अव राम्रो हुँदै जान्छ होला ।
अव कस्ता गीतहरु आउदैछन्?
मेरा धेरै गीतहरु बजारमा आउदैछन् । भजन,नेपाल भाषा लगायत धेरै गीत आउदैछन् ।
तपाईलाई  आफले गाएको मन पर्ने गीत कुन हो ?
मलाई आफूले गाएको सबै मन पर्छ । श्रोता र दर्शकले मन पराएको जमाना खराव छ र तिम्रो मेरो सम्बन्धको चर्चा चल्छ गीतहरु धेरै ठाँउमा गाउनु पर्छ । गाउदा गाउदै मलाई पनि मन पर्छ ।
तपाईलाई आफै मोडल बन्न मन छैन ?
आफै मोडल बनेर आफ्नो गीतमा अभिनय गर्नु धेरै राम्रो कुरा हो । यो पहिलेदेखि नै हुनु पथ्र्यो । गायक गायिकाहरुले धेरै मेहनत गरेर गाएको गीतबाट हामी गायकलाई चिनिरहेका छैनन् । मोडलहरु गीतमा अभिनय गरेर अघि आइरहेको हुन्छ । अहिले गीत गाउने गायक, संगीत भर्ने संगीतकार, लेख्ने गीतकारलाई कसैले चिन्दैन । अहिलेको अवस्थामा सर्जकहरु गीतकार,संगीतकार र गायकले आफैले अभिनय गरेर अगाडि आएर धेरै राम्रो भइरहेको छ ।
तपाईले आफैले गाएको गीतमा तपाईको परिचय हराएको र मोडल चाँही चर्चित भएको घटना छ ?
मैले गाएको गीतहरुको भिडियो बनेर आएपछि मोडल चिनिएको तर म नचिनिएको केही घटना छन् । केही समय अघिसम्म गीतमा मोडलले नै गाएको भन्ने दर्शक श्रोताले सोचेको पनि थिए । संगीत क्षेत्रमा र मोडलिङ जगतमा गायक गायिका प्राथमिकतामा नपरेको जस्तो लाग्थ्यो ।
गीत गाउने तपाई हो र भन्ने प्रश्न मलाई पनि भोगेको छु । यो गीत गाउने तपाई हो र भनेर सोध्ने पनि धेरै छन् ।
मैले आफ्नो गीतमा आफैले मोडलिङ गर्ने विषयमा सोचेको छु । आफूले गाएको गीतमा गायकले भन्दा अरुले न्यान गर्न सक्दैन । नराम्रो गीतलाई पनि माडलिङमार्फत माथि पुर्याइरहेको देखेको छु । उहाँहरुलाई म एकदमै सम्मान गर्छु ।
तर गीत जति राम्रो छ त्यसको पाँच प्रतिशत पनि नउठाउने पनि देखेको छु । बरु हामी त्यस्तो किसिमको भिडियो नै बनाउनु हुँदैन । गीतको भाव नै विग्रने गरेर भिडियो बन्ने गरेको छ ।
गीतको भावना नै विग्रने गरेर भिडियो आउने मैले धेरै नै भोगेको छु । म माफी माग्न चाहन्छु जति पनि मेरो गीतमा आवद्ध हुनु भएको छ । मेरो धेरै गीतमा यस्तो भएको छ । मेरो गीतको भिडियो न्याय भएकै छैन । कतिपय गीतमा मैले गाएको भन्दा पनि धेरै राम्रो भिडियो बनेर आएको पनि छ ।
तर धेरैजसो मेरो चलेको गीतको भिडियोमा दर्शकलाई निराश पारेको छ ।
तपाईले गाएको गीत चल्नुमा भिडियोको भूमिका थिएन भन्न खोज्नु भएको हो ?


मेरो गीतको सवालमा भिडियो आउनुभन्दा अघि नै चलि सकेको थियो । जस्तो तिम्रो मेरो सम्बन्धको चर्चा चल्छ भिडियो बनेकै छैन । अहिलेसम्म पनि बनेकै छैन । तर पनि राम्रो थियो शायद । जमाना खराव छ भिडियो बनेर त्यती चलेको छैन । यो भिडियो बनेर भन्दा पनि भिडियो नबन्दै चलेको हो ।
गीत गाएर रोयल्टीबापत पैसा कति कमाउनु भयो ?
युटयुवबाट पनि मैले अहिलेसम्म कुनै पैसा पाएको छैन । अरु ठाँउबाट पनि रोयल्टीको पैसा पाएको छैन । युट्युवमा गीत हालिएको छ । तर कसरी के तरिकाले हालेको हो । कुनै पैसा पाएको छैन ।
रोयल्टी वापत कति पनि पैसा पाउनु भएको छैन ?
मैले कान्तिपुर एफएमबाट रोयल्टीवापत पैसा लिएको हो । उहाँहरुले नै फोन गरेर बोलाउनु भएको थियो । अरु ठाँउबाट कतैबाट पनि पाएको छैन । पहिला त रेडियो नेपालले गीत गाउने बेला दिने गरेको थियो । मैले ३ सय रुपैयादेखि पैसा लिएको थिए ।
सिडीको जमानामा चाँही के हुन्थ्यो ?
सिडिको जनामामा जति सिडि विक्यो त्यती राम्रो हुन्थ्यो । दशैतिहार नयाँ बर्षमा हामी बसन्तपुरमा स्टल राखेर बेच्थ्यौं । सिडि बेच्नेभन्दा पनि रमाइलाको लागि गरिन्थ्यो । मेरो यो गीत आएको छ श्रोतालाई जाननकारी दिने भन्नका लागि । हामीले पहिले देखि नै यसो गथ्र्याै ।
सिडीको समयमा धेरै पाइरेसी हुन्थ्यो । सबैले कपि गर्ने मोवाइलमा साइवरबाट बेच्ने गर्थे । हामीले आफ्नो गीत चल्ने लोभले हामी चुप लाथ्यौं ।
एकतिर हामीलाई खुशी लाग्थ्यो । मेरो गीत पनि चल्यो है भन्ने लाग्थ्यो । अर्कोतर्फ मेरो मेहनत गरेको काम अरुले बेचेर खाइरहेका छन् जस्तो लाग्थ्यो ।
समय अनुसार गीतको चलन चल्तीहरु फरक भइरहेको छ । पप गीत हुँदै र्यापको जमाना आइसक्यो ।

तपाईले आफूलाई समय अनुसार आफूलाई ढाल्ने कोसिस गर्नु भएको छैन  ?
समय अनुसार आफूलाई त्यसरी नै लैजानु पर्छ भन्ने कुरा पनि ठिक छ । तर अहिले मैले गाईरहेको गीत नयाँ आउनेले गाउन सक्दैन । सक्छ, मेहनत गरेपछि ।
तर पनि समय सँगसँगै जस्तो श्रोताले मन पराएको जस्तै गाउनु पर्छ भन्ने छैन । अहिले मैले गाइरहेको गीत सदावाहार हो । कहिले पनि मर्दैन । नारायण गोपाल तारादेविले गाएको सधै सुनिन्छ ।
पप स्टायलको गीत पनि गाएको छु । र्याप पनि सुन्छु । र्याप गाउदा एकै छिनमा नयाँ नयाँ शव्द श्रृजना गर्ने कुरा मन पर्छ ।
र्याप गीतको जस्तो पनि शव्द राखेर गाएदा विवाद पनि आइरहेको छ नि ?
शव्दहरु चाही असहज हुने गएर गाएको अलिकती मन पर्दैन । त्यसलाई शव्दमा चाँही ध्यान दिनु जरुरी छ ।
संगीत भनेको सबैलाई आनन्द दिने किसिमको हुनु पर्ने हो । कतिपय शव्द संस्कृति भन्दा धेरैपर गएर गाइरहेको जस्तो लाग्छ । कतिपय मौलिक संस्कृती भन्दा धेरै पर गएर कुनै कुनै गीत विकृति ल्याउने किसिमले आइरहेको छ ।
भाइरल हुने र भाइरल भएर कमाउने संस्कृती बढेको हो ?
अहिलेको अवस्थामा त्यस्तै छ । भाइरल हुनका लागि पनि त्यसो गरेको हो जस्तो लाग्छ । शायद यसरी नै नेपाली गीत संगीत चल्दैन होला । आज छ भोली छैन हुन्छ । राम्रो गीत नै सदावाहार हुन्छ ।
गीत संगीतमा लागेर पुरस्कार अवार्ड पनि पाउनु भएको छ कि ?
मैले धेरै पुरस्कार अवार्ड पाएको छु । छिन्नतला प्रतिभा पुरस्कार, फत्तेमान स्मृति प्रतिभा पुरस्कार, नारायण गोपाल युवा पुरस्कार, दान्यहिरा पुरस्कार पाएको छु । इमेज अवार्ड, विन्दवासीनी अवार्ड,कालिका एफएम अवार्ड, राष्ट्रिय प्रतिभा पुरस्कार पाएको छु । खुशी लाग्छ । जिम्मेवारी थपिएको महसुस हुन्छ ।

प्रतिक्रिया दिनुहोस्