Logo

सुनको भाउ एकैदिन ९ सय रूपैयाँले बढ्यो


६ असोज ०७८, काठमाडौँ । बुधबार सुनको भाउ एकैदिन ९ सय रूपैयाँले बढेको छ । छापावाल सुन मङ्गलबार ८९ हजार २ सय रूपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको मूल्य ९० हजार १ सय रूपैयाँ तोकिएको छ ।
त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला ८९ हजार ६५० रूपैयाँ कायम गरिएको छ । तेजाबी सुन मङ्गलबार प्रतितोला ८८ हजार ७५० रूपैयाँमा कारोबार भएको थियो ।

महासङ्घका अनुसार चाँदीको मूल्य मङ्गलबारका तुलनामा आज प्रतितोला २५ रूपैयाँले बढेको छ । चाँदी मङ्गलबार प्रतितोला १ हजार १४० रूपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य आज प्रतितोला १ हजार १६५ रूपैयाँ तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्