Logo

वसन्तपुरमा भैरव दर्शन (तस्विरहरु)

८ असोज ०७८,काठमाडौँ । ईन्द्रजात्राको अवसरमा काठमाडौँको हनुुमानढोका परिसर भैरवको मूर्ति अगाडि आजकल भीड छ । यहाँ रहेका श्वेत भैरव, काल भैरव र आकाश भैरवको मन्दिरमा हिन्दु धर्मालम्बीहरुको भीड हुने गरेको छ । वसन्तपुरमै रहेको श्वेत भैरवको मन्दिर आठ दिनसम्म सर्वसाधारणको दर्शनका लागि खुल्ला राखिने गरिन्छ ।

ईन्द्रजात्राको अवसरमा काठमाडौँको विभिन्न टोलमा लाखे नाच प्रदर्शनी हुन्छ । जैसिदेवस्थित लाखे घरबाट ईन्द्रजात्राको अद्दिल्लो शनिबारदेखि आज शुक्रबारसम्म टोल टोलमा लाखे नाच प्रदर्शनी गर्ने गरिन्छ ।
ईन्द्रजात्राको अवसरमा काठमाडौँको ईन्द्रचोकमा प्रदर्शनीमा राखिएको आकाश भैरवलाई गुठीयारले सिंगार पटर गर्छन् । यो आकाश भैरव आज शुक्रबार रातिसम्म प्रदर्शनीमा राखिन्छ । तस्विरहरु : रत्न श्रेष्ठ

प्रतिक्रिया दिनुहोस्