Logo

लाजिम्पाटमा एक पुरुष मृत अवस्थामा फेला

२५ असोज ०७८,काठमाडौं । काठमाडौंको लाजिम्पाटमा एक पुरुष मृत आवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार काठमाडौं महानगरपालिका २ लाजिम्पाट धोविचौर डेरा गरी बस्ने संखुवासभा खिचिला गाउँपालिका २ घर भएका ४५ वर्षीय किरण राई आफ्नै कोठाभित्र आइतबार मृत अवस्थामा फेला परेका छन् ।
घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्