Logo

दक्षिण ललितपुरमा स्वास्थ्य बीमा शुभारम्भ


२५ असोज ०७८,ललितपुर । दक्षिण ललितपुरमा स्वास्थ्य बीमा कार्यक्रम शुभारम्भ गरिएको छ । स्वास्थ्य बीमा बोर्डले ललितपुर जिल्लाको तीन वटा स्थानीय निकाय वागमती, कोञ्ज्योसोम र माहाकाँल गाँउपालिकामा स्वास्थ्य बीमा कार्यक्रम शुभारम्भ गरेको छ ।


आइतबार बोर्डले कार्यक्रम आयोजना गरेर संयुक्त रुपमा तीन वटै स्थानीय तहमा सुरुवात गरेको हो । कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. दीपेन्द्ररमण सिंह र बोर्डका कार्यकारी निर्देशक डा.दामोदर बसौला सहित स्थानीय प्रमुखहरु विरबहादुर लोप्चन, रामचन्द्र दाहाल र गोपिलाल पंितान को सहभागिता थियो । प्रमुख अतिधि सिंह र कार्यकारी निर्देशक बसौलाले तीन वटै गाउँपालिका प्रमुख र उपप्रमुखलाई स्वास्थ्य बिमाको सदस्यता कार्ड वितरण गरेर कार्यक्रम शुभारम्भ गरेका थिए ।
दक्षिण ललितपुरमा बीमा कार्यक्रम सुरु भएसँगै बोर्डले ललितपुरको गोदावरी नगरपालिका, महालक्ष्मी नगरपालिका र ललितपुर महानगरपालिकामा कार्यक्रम सुरु गर्दैछ । बोर्डले काठमाडौं जिल्लाको दक्षिणकाली, गोकर्णेश्वर, कागेश्वरी नगरपालिकामा पनि स्वास्थ्य बिमा कार्यक्रम छिट्टै सुरु गर्ने तयारी गरेको छ ।
बोर्डले तीन वटै तहमा दर्ता सहयोगी खटाइसकेको छ । उनीहरुले आइतबारदेखि स्वास्थ्य बीमा गराउन सुरु गरिसकेका छन् । शुभारम्भ कार्यक्रममा प्रमुख अतिधि सिंहले स्वास्थ्यमा आम नागरिकको पहुँच बढाउन स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी रहेको बताए ।
ललितपुरमा कार्यक्रम सुरु भएसँगै देशभर ७६ जिल्लामा यो कार्यक्रम लागु भएको छ । ७ सय ५३ स्थानीय तह मध्येमा ७ सय ३९ स्थानीय तहमा यो कार्यक्रम लागु भएको हो । यो कार्यक्रम लागु हुन एक मात्र जिल्ला काठमाडौं बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्