Logo

अन्जु बनिन दशैँ क्विन २०७८ को बिजेता


२७ असोज ०७८,काठमाडौं । नेपालीहरुको महान चांड बढादशैँ अर्थात बिजय दशमीको अवसरमा काठमाडौंमा आयोजित दशैँ क्विन २०७८ को बिजेता ब्यबसायी तथा समाजसेवी अन्जु बुढाथोकी बन्न सफल भएकी छिन । फर्स्ट रनरअप ब्युटिसियन गीता मगर र सेकेण्ड रनरअपमा ब्युटिसियन सिर्जना कुँवर भएका छन् । लायन्स क्लब अफ काठमाडौँ अभियान तथा रोज शिप बिकाश तालिम केन्द्र रविभवनको संयुक्त आयोजनामा गरिएको कार्यक्रममा बिजेताहरुलाई क्राउन, ट्रफी, मायाको चिनो लगायतका उपहारहरु पाएका थिए ।
बरिष्ट सौन्दर्यबिद सोनी कारंजितको सभापतित्वमा सम्पन्न दशैँ क्विन(२०७८ मा अतिथिहरुमा लायन रेश्मा श्रेष्ठ, लायन धानु सिंजाली मगर, गेल्मु शेर्पा बुढाथोकी, हरिकृष्ण गिरि, सुन्दर थापा गीतकार सावित्रा चिलुवाल रहेका थिए ।
दशैँ क्विन २०७८ को निर्णायकमा कोरियोग्राफर तथा संचारकर्मी जयान सुब्बा मानन्धर र निर्देशक कलाकार संचारकर्मी सुर्य चन्दले बिजेताहरु छनौट गरेका थिए ।
दशैँको शुभकामाना समेत आदान प्रदान गरिएको यस कार्यक्रममा लायन्स क्लब अफ काठमाडौँ अभियानले छोटो समयमा गरेको राम्रो कार्यको प्रसंसा समेत गरिएको थियो । कार्यक्रमको संचालन गायिका तथा टेलिभिजन प्रस्तोता बिष्णु माया पौडेलले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्