Logo

गोदावारीको एग्री म्याराथनको उपाधि गोरखाका कुमाललाई


सविना दाहाल
२७ असोज ०७८, चापागाँउ । गोदावरीमा आयोजित एग्री क्लवको म्याराथन उपाधि गोरखाका सोमबहादुर कुमालले हात पारेका छन् ।
एग्री युथ क्लवको आयोजनामा दशै तिहार तथा पर्वहरुको पावन अवसर गोदावरी ७ देविचौरमा म्याराथन प्रतियोगिता आयेजना गरेको थियो । तल्लो वुरुन्चुलिदेखि जौबारीसम्म ७ किलोमिटर दुरीमा गराइएको प्रतिश्पर्धामा ५० जना धावकहरु सहभागी थिए ।
प्रतियोगितामा ३० मिनेटको अवधिमा पूरा गरेर गोरखाका सोमबहादुर कुमालले उपाधि उचालका हुन् । उनले ट्रफी,मेडल, नगद रु १० हजार,प्रमाण पत्र प्राप्त गरेका छन् । ३२ मिनेटमा गन्तव्यमा पुगेर गोदावरी नगरपालिका बुरुन्चुलीका राजाराम तामाङले दोस्रो स्थान पक्का गर्दै नगद रु ६ हजारका जित्न सफल भए । ललितपुरको बागमती ३ छपेलीका समुन्द्र खड्काले ३३ मिनेटमा सदौड पुरा गरेर रु ४००० चार प्राप्त गरे ।
कार्यक्रममा सान्त्वनादेखि क्रमश दश उत्कृष्ट धावकलाई प्रमाण पत्र वितरण गरिएको थियो ।
कार्यक्रममा संघीय सांसद नवराज सिलवाल, गोदावरी७ का वडाध्यक्ष गिरी प्रसाद तिमल्सिना, महिला वडासदस्य शान्ता तामाङ,वडा ६ का वडा सदस्य गम्भीर बहादुर राणा सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्