Logo

बेमौसमी बाढीको वितण्डा (तस्विरहरु)

तिला गाउँपालिका ४ जुम्ला साँपुल्ली गाउँस्थित बाढीले भत्काउनै थालेको भेरीखोला साना जलविद्युत आयोजनाको विद्युत गृह । तस्वीर : शुरबहादुर सिंह\रासस

३ कार्तिक ०७८, काठमाडौं । मनसुन बाहिएको एक साता नवित्दै फेरि बाढी पहिरोले देशभर वितण्डा मच्चाएको छ । गत शनिबारबाट मौसम प्रणालीमा आएको परिवर्तनपछि पश्चिम नेपालमा ज्यादा क्षति भयो ।

तस्विर श्रोत : अनलाइन खबर

जल तथा मौसम विज्ञान विभागले बर्षा पुर्वी दिशा तर्फ फर्केको जानकारी दिए लगत्तै पुर्वी भु भागमा बाढीले वितण्डा मच्चाउन थालेको खहरु सार्वजनिक हुन थालेको छ ।
प्रहरी वुलेटिन अनुसार पछिल्लो समय झण्डै २ दर्जनको मृत्यु भएको छ । भने दर्जनौं हराईरहेका छन् । हजारौं विगा खेतबारी बाढीले डुवाएको छ भने करोडौंको धनमाल क्षति भएको छ । हेरौं केही दृश्यहरु :

तिला गाउँपालिका वडा नं ४ जुम्ला साँपुल्ली गाउँमा धानको ज्यूलोमा पसेको बाढी । तस्वीर : शुरबहादुर सिंह\रासस


कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ कालागौडीमा नीनमा सुकाइएको धान आइतबार रातिदेखि भएको अविरल वर्षाका कारण डुबानमा परेको धान । धान भित्रयाउने समयमाभएको वर्षाले धानबालीमा ठूलो नोक्सानी पु¥याएपछि किसान चिन्तित छन । तस्बिरः शेरबहादुर सिंह\रासस
दमकस्थित पशुहाट बस्तीमा रतुवा खोलामा आएको बाढीले एउटा घर बगाउने क्रममा । खोलामा आएको बाढीले त्यहाँका सात वटा घर बगाउनुका साथै थप १७बmउस वटा घर जोखिममा परेको वडाध्यक्ष भीमप्रसाद पौडेलले बताउनुभयो । तस्वीर : यज्ञराज आङदेम्बे \रासस
सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा आइतबार रातिदेखि भइरहेको अविरल वर्षासँगै भएको डुवान र बाढी जस्ता प्राकृतिक विपदको घटनामा जोखिमा परेका नागरिकको उद्वारमा गर्दै नेपाल प्रहरीको टोली । तस्वीर : प्रदेश प्रहरी कार्यालय\रासस
कर्णाली नदीबाट आएको बाढीले ईलाका प्रहरी कार्यालय टीकापुर डुवानमा । कर्णाली नदीमा पानीको बहाव अत्याधिक भएपछि कर्णाली नदीसँग जोडिएको रानी जमरा कुलरिया कुलाको पानी गाउँ हुँदै बजार पुगेको हो । अहिले टीकापुर बजारको अधिकांश भाग डुवानमा परेका छन । तस्वीर : झलनाथ खनाल\रासस
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं ३ पोर्ताहाको गिदखोरामा लगातारको वर्षाले कञ्चनपुर–भारदह सडक खण्डको मोहुली खोलामा आएको बाढी । तस्वीर : अरुणकुमार यादव\ रासस
प्रतिक्रिया दिनुहोस्