Logo

ललितपुरको वालकुमारीबाट १७ लाखको गहना चोरी

स्केज: कोपिला दुलालललितपुर खबर

४ कात्तिक ०७८, ललितपुर । ललितपुरको वालकुमारीबाट १७ लाखभन्दा बढी मूल्य पर्ने गरगहना चोरी भएको छ । प्रहरीका अनुसार ललितपुर महानगरपालिका ९ बालकुमारीस्थित नुवाकोट दुप्चेश्वर घर भएका सुशिल बिकको हेण्डिक्राफ्ट हस्तकला कारखानाबाट नगद १ लाख ५० हजार रूपैयाँ र चाँदीका विभिन्न गरगहना समेत गरी करिब १७ लाख ८४ हजार ४ सय रूपैयाँ बराबरको धनमाल बुधबार दिउँसो चोरी भएको छ ।
चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्