Logo

किर्तिपुरको पोखरीमा डुवेर एक वालकको मृत्यु


५ कात्तिक ०७८, काठमाडौं । काठमाडौंको किर्तिपुरस्थित एक पोखरीमा डुवेर एक वालकको ज्यान गएको छ ।
प्रहरीकाअनुसार काठमाडौंको कीर्तिपुर नगरपालिका ५ चारधारे नजिकैको पोखरीमा डुबेर यसै ठाउँ बस्ने धादिङ थाक्रे गाउँपालिका ३ घर भएका सुजन लामाको छोरा ५ वर्षीय सुदिन लामाको बिहीबार दिउँसो मृत्यु भएको छ ।
पोखरीमा डुबेर अशक्त भएका उनको कीर्तिपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्